coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बालिकाको हत्या

विराटनगर – मोरङको सुनवर्षी नगरपालिका–७ मा एक बालिकाको शुक्रबार हत्या भएको छ।

सोही नगरपालिका मलदैया टोल बस्ने ताइफुर मियाँकी सात वर्षीया छोरी आफ्सना खातुनको शव घरदेखि अन्दाजी ५०० मिटर उत्तरमा रहेको मकैबारीमा हत्या गरिएको अवस्थामा शुक्रबार साँझ फेला परेको १ नं. प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ।

घाँस काट्न हिँडेकी बालिका साँझसम्म नफर्केपछि आफन्तले खोजतलास गर्दा शव फेला परेको थियो। शव परीक्षणका लागि रंगेली अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ। रासस

प्रकाशित: ८ वैशाख २०७५ ०३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App