८ वैशाख २०८१ शनिबार
कला

म्युजिकल्ली मोह

म्युजिकल डट ली एप अर्थात बोलीचालीको भाषामा म्युजिकल्ली, बच्चादेखि वृद्धसम्मको प्रिय एप भएको छ । आफू आफैसँग एक्टिङ गरेर हरेकको हातमा ग्याजेट, ग्याजेटमा म्युजिकल्ली एप नभएको कमै भेटिन्छ । म्युजिकल डट ली एपमा एक्टिङ गरेर सामाजिक सञ्जालमा पोस्ट गर्ने त ट्रेन्ड नै चलेको छ अचेल।

शिखा प्रधान म्युजिकल डट लीमा पपुलर एक्टर हुन् । एमबिबिएस् फाइनल सेमेस्टर अध्यनरत शिखा म्युजिकल डट ली सोसल नेटवर्कमा छिरेको १० महिना भइसकेको छ । युट्युबबाट म्युजिकल डट ली एपको बारेमा थाहा पाएकी शिखाले दिनको साढे दुई घन्टा यो एपमा एक्टिङ गर्दै बिताउँछिन् । उनी भन्छिन्, ‘म्युजिकल्लीले मेरो कन्फिडेन्ट लेभल बढाएको छ, विश्वभरि छरिएर रहेको मानिसलाई एक्टिङको माध्यमबाट एकै ठाउँमा गराएको छ। ’

संगीतमा रुची राख्ने उनी म्युजिकल डट ली एपमा गीत अपलोड गर्छिन्, उनी म्युजिकल डट ली एपमा डाइलगमा मात्र अभिनय गर्दिनन्, गीतमा लिपसिङ गर्छिन् र आफैं गीत पनि गाउँछिन् । ‘म्युजिकल डट ली एपमा गीत गाएर अपलोड गरेकी थिएँ । त्यहि भिडियो हेरेर गीत गाउन अफर आएको थियो ।’ उनीले हाँस्दै भनिन्।

म्युजिकल डट ली मानिसको एक्टिङ ट्यालेन्ट देखाउने ठाउँ भएको छ । सुरुमा कस्तो हुन्छ होला भन्ने सोचेर चलाउन सुरु गरेकी शिखाले अचेल यो आफ्नो हबी नै बनेको बताउँछिन् । म्युजिकल डट ली एप्स चलाउने साथीहरुको समुह बनाएर माघको महिनामा कार्यक्रम समेत गरेकी उनी फेरि नयाँ कार्यक्रम गर्ने योजनामा छिन् । म्युजिकल डट लीमा उनीहरुले बनाएको समुहमा ६० जना भन्दा बढी एप युजर्स रहेको उनी बताउँछिन्।गौशालाका बिमल शाहीले म्युजिकल डट लीमा दैनिक दुई वटा भिडियो अपलोड गर्छन् । समय कटाउन यसले मद्दत गरेको उनको अनुभव छ ।

उनी भन्छन्, ‘म विद्यार्थी हुँ, पढ्ने र घरमा बस्ने मात्र काम हो । त्यसैले प्रायः म बोर्ड हुन्छु, बोरिङ फिल भएको बेला म्युजिकल्लीमा भिडियो बनाउँछु, यो एपले मुड फ्रेस बनाउँछ ।’ म्युजिकल डट लीप्रति क्रेजि नै भएका छन् बिमल।बिमल मात्र होइन म्युजिकल डट लीमा धेरैका लागि एक्टिङप्रतिको मोह प्रकट गर्ने उत्तम माध्यम बनेको छ । नेपालको मात्र नभएर विश्वका विभिन्न देशका सेलिब्रेटी, विद्यार्थी, युवा पुस्तादेखि पाकासम्मले प्रयोग गरेको पाइन्छ।

म्युजिकल डट लीमानिसको प्रतिभा प्रस्फुटन गर्ने ठाउँ मात्र बनेको छैन, नयाँ साथी बनाउने राम्रो माध्यम पनि बनेको छ । सिनेमेटोभिडियोग्राफीमा रुची भएकाले म्युजिकल डट ली चलाउँछिन्, बायो मेडिकल इन्जिनियर दीक्षा क्षेत्री । इन्स्टाग्रामबाट यो एपबारे थाहा पाएकी दीक्षाले कस्तो हँुदो रहेछ भनेर चलाउन सुरु गरेकी थिइन् । उनी भन्छिन्, ‘म्युजिकल्लीमा कसैले गीत गाउँछन्, कसैले एक्टिङ गर्छन्, म भने ट्रान्जिसनको रुपमा चलाउँछु ।’ नेपालमा म्युजिकल डट ली चलाउनेहरुमध्ये ट्रान्जिस्नर कम रहेका छन् ।

भिडियोग्राफीमा रुचि हुनेहरुको लागि सिकाइको राम्रो माध्यम हुने उनको अनुभव छ । एक्टिङमा रुचि हुनेको लागि एक्टिङ सिकाएको छ । गीत गाउन मन पराउनेलाई गुन्गुनाउन सिकाएको छ । भिडियोग्राफीमा रुचि हुनेलाई पनि सिक्ने मौका दिएको छ म्युजिकल डट लीले ।मञ्जिल बस्नेत (१९) बिबिएका विद्यार्थी हुन्।

म्युजिकल डट ली चलाएको पाँच महिनामै चर्चित भएका मञ्जिल लिपसिंक गर्छन् । म्युजिकल डट लीलाई समय बिताउने साधनको रुपमा प्रयोग गरे पनि धेरै कुरा सिक्न पाएको उनी बताउँछन् । उनी भन्छन्, ‘आफूमा भएको प्रतिभा देखाउने माध्यम मात्र नभएर आफूमा भएको राम्रो पक्ष र कमी कमजोरी, प्रतिक्रिया अरुबाट जान्न पाउने र सुधार्ने मौका हो  ।’ म्युजिकल डट लीका प्रयोगकर्ताको एउटा समुहमा छन् उनी । त्यस समुहबाट सामाजिक काम गर्ने योजनामा रहेको उनले बताए।

मानवशास्त्री बन्ने सपना बनेका मञ्जिललाई एक्टिङमा पनि रुचि बढेको छ । म्युजिकल डट लीमा पोस्ट गरेको भिडियो हेरेर म्युजिक भिडियोमा खेल्ने अवसर पनि पाएका मञ्जिलले धेरै फ्यान बटुलेका छन् । ‘यसैमा भविष्य बनाउने योजना नभए पनि साइडमा गर्न सकिन्छ ।’ उनले हाँस्दै भने।

विराटनगरकी समीक्षा सुवेदी हरेक दिन म्युजिकल डट लीमा भिडियो बनाउन व्यस्त हुन्छिन् । उच्च शिक्षाको लागि विदेश जाने तयारीमा रहेकी समीक्षाको समय बिताउने साथी भएको छ म्युजिकल डट ली । दैनिक दुई घन्टाको समय म्युजिकल डट लीमा अभिनय गरेर बिताउने उनी बताउँछिन् ।आजभोलि सामाजिक सञ्जालमा अभ्यस्त पुस्ताको फेसबुक र इन्टाग्राम प्रोफाइलमा लिपसिंक गरिएको भिडियो प्रशस्तै भेटिन्छ । अभिनय गर्न रुचाउने पुस्ताले म्युजिकल डट लीमा मनपर्ने सेलिब्रिटीको डायलग र गीतहरुमा लिपसिङ गरिरहेका हुन्छन्।  

अरुलाई आफ्नो कलाले फ्यान बनाउने सेलिब्रिटी समेत यो एपको फ्यान भएका छन्। आफूलाई मन परेको डायलग र गीतलाई म्याच हुने अनुहारको भाव  दिएर म्युजिकल डट लीमा फ्यान बटुल्ने होडमा छन् यसका प्रयोगकर्ताहरु।विभिन्न डाइलग, गीतको सानो क्लिपमा अभिनय गर्छन् यसका प्रयोगकर्ताहरु।समीक्षा मात्र नभएर अभिनयमा रुचि भएका अधिकांश युवाको ग्याजेटमा देख्न सकिन्छ। समीक्षाले अहिलेसम्म पाँच सयभन्दा बढी फ्यान बटुलिसकेकी छन् ।

समीक्षा प्रायः फिल्मका गीतमा अभिनय गर्छिन् । ‘थोरै समय पाउनेबित्तिकै म यसैमा व्यस्त हुन्छु,’ उनी भन्छिन्, ‘अभिनयमा रुचि भएकाले मेरो ईच्छा म्युजिकल्लीले केही हदसम्म पूरा गरिदिएको छ ।’यसमा भिडियो बनाउँदा आफूलाई चित्त नबुझेसम्म इडिट गरेर पोस्ट गर्न मिल्छ । साउन्ड लाइब्रेरी, स्टिकर, फेस फिल्टर, ब्युटि इफेक्ट्स र धेरै भिडीयोका सटहरु उपलब्धता यो एपको आकर्षण हुन्।

भिडियो रेकर्ड गर्न विभिन्न तीन प्रकारका गति फास्ट, स्लो, इपिक, टाइम ल्याप्स् गरी छुट्याइएको छ  । अभिनय गर्दा एक्लै वा दुई जना सँगै गरेको जसरी पनि गर्न सकिन्छ ।  श्रिज्ञा श्रेष्ठ (१३) नौ कक्षामा अध्ययन गर्छिन् ।  उनी दिनको चार देखि पाँच घन्टाको समय म्युजिकल डट लीमा बिताउँछिन् । भविष्यमा अभिनयमा नै गर्ने योजनामा रहेकी श्रिज्ञा म्युजिकल डट लीमा समय बिताउन रुचाउँछिन्।

पाँच सय भन्दा बढी फ्यान बटुलेकी श्रिज्ञाले अंग्रेजी र नेपाली गीतमा बढी अभिनय गरेकी छन् । ‘सबैले राम्रो गरेकी छौ भनेर कमेन्ट गर्दा खुसी लाग्छ, लाइक पनि धेरै पाउँछु खुसी लाग्छ ।’ उनी भन्छिन् ।  पढ्ने समयमा पढेर बस्ने र अन्य समयमा म्युजिकल डट लीको लागि भिडियो बनाउने उनी बताउँछिन् । अभिनय मनपर्ने उनलाई यस एपले धेरै मद्दत गरेको छ ।

प्रकाशित: ८ वैशाख २०७५ ०२:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App