८ वैशाख २०८१ शनिबार
खेल

आर्मी सेमिफाइनलमा

काठमाडौं –  आयोजक नेकोसमाथि ११०–५० को फराकिलो जित हासिल गर्दै नेपाल आर्मी ‘बी’ शुक्रबार प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फको सेमिफाइनलमा प्रवेश गरेको छ।

शुक्रबार महत्वपूर्ण खेलमा फराकिलो जित हासिल गरेपछि टोली समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो। आर्मी विजेता बनेसंगै एसडिसी हाउन्ड्स उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ। आर्मी ‘बी’ का रामकृष्ण घताने र सिद्धार्थ महर्जनले समान २५–२५ स्कोर गरेका थिए।

आर्मी को ‘ए’ टिम समूह ‘ए’ को विजेता बन्दै यसअघि नै सेमिफाइनल पुगिसकेको छ।

अनुषा मल्लको सर्बाधिक २३ स्कोरबाट प्रेरित बुढानीलकण्ठले आर्मीलाई ५४–२७ ले हराउँदै महिलातर्फ समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ।

प्रकाशित: ८ वैशाख २०७५ ०२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App