७ वैशाख २०८१ शुक्रबार
खेल

राजस्थानमाथि चेन्नईको सानदार जित

काठमाडौं – इन्डियन्स प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किङ्स विजयी भएको छ। पुणेमा भएको खेलमा चेन्नईले राजस्थान रोयल्सलाई ६४ रनले पराजित गर्दै सानदार जित हासिल गरेको हो।

जितका लागि २ सय ५ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १ सय ४० रन मात्र बनाउन सक्यो।

राजस्थानका बेन स्टोकले ४५ रनको योगदान दिए भने जोस बट्लरले २२ रन बनाएपनि अन्य ब्याट्सम्यानले गतिलो पारि खेल्न सकेनन्।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो। चेन्नईका लागि सेन वाट्सनले १ सय ६ तथा सुरेश रैनाले ४६ रन बनाएका थिए। यो जितसँगै चेन्नई ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिको छ। राजस्थान भने पाँचौ स्थानमा छ।

प्रकाशित: ८ वैशाख २०७५ ०१:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App