वाक्सेली थापा
संकल्पलाई संकल्प चित्तलाई स्वचित्तले ।
जिती स्वरुपमा आफ्नो बस राधव यत्नले ।।
नबोल्ने जड यो देह तिम्रो के लाग्छ राघव ।
जस्कोलागी दुःखसुख भोगेर बस्दछौ अब ।।
शरीर मासु रगत तिमी चैतन्य रूप हौँ ।
यस्तो शरीरमा फेरी आत्मत्व किन राख्दछौ ।।
काठमाटो सरी देह हो भन्ने जब बुझ्दछौ ।
ब्रह्मलाई तिमी राम ! राम्ररी तब चिन्दछौ ।।
आश्चर्य हो ब्रह्मलाई अहो ! यी नर भुल्दछन् ।
असत्य देहलाई नै ती सत्य भनि ठान्दछन् ।।
अर्को आश्चर्य नरले परमब्रह्मा बिर्सने ।
मेरो भन्ने आविद्याको कुरो नै मुख्य ठानने ।।
सम्पूर्ण ब्रह्म हो भन्ने भावना भुक्तिदायक ।
यस्को उल्टो भेदबुद्धि अविद्या त्याग्नलायक ।।
प्रकाशित: ८ वैशाख २०७५ ००:४७ शनिबार