६ वैशाख २०८१ बिहीबार
समाज

राष्ट्रिय युवा नेतृत्व कार्यक्रमको दोस्रो सत्र दोलखामा सम्पन्न

चरिकोट – काठमाडौंकाे लिडरशिप एकेडेमी र अमेरिकाकाे युनिभर्सिटी अफ सान्डिएगो क्रक स्कुल र क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिस (आइपीजे) को संयुक्त आयोजनामा सुरु भएको एक वर्षे राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम २०१८ अन्तर्गतको दोस्रो सत्र चरिकोटमाा सम्पन्न भएको छ। 

चरिकोटमा बिहीबार र शुक्रबार आयोजित प्रशिक्षणमा नेतृत्व विकास, समुदायमा काम गर्ने तरिका तथा आइपर्ने चुनौतीको समाधान, मिडिया रणनीति आदि विषयमा प्रशिक्षण दिइएको थियो। प्रशिक्षार्थीहरूलाई आइपीजेका कार्यक्रम अधिकृत डेनियल ओर्थ, लिडरशीप एकेडेमीका अध्यक्ष सन्तोष साह, गेट कलेजका प्रिन्सिपल खेमराज लकाई, सञ्चारकर्मी निरञ्जन अधिकारीलगायतले प्रशिक्षण दिएका थिए। 

त्यसैगरी प्रशिक्षणकै क्रममा दोलखास्थित विभिन्न सरकारी निकायका प्रतिनिधि, जनप्रतिनिधि, सामाजिक अभियन्ताहरुसँग अन्तरक्रियासमेत गरिएको थियो । प्रतिनिधिसभा सदस्य शान्ति पाख्रिन, जिल्ला समन्वय समिति दोलखाका सभापति डबलराज पाण्डेले सहभागीहरुलाई दोलखामा स्वागत गर्दै जिल्लाको पर्यटन, जलविद्युत्, कृषि आदि क्षेत्रको बारेमा जानकारी दिएका थिए । 

यस कार्यक्रममा देशका १४ अञ्चलबाट एक पुरुष र एक महिला गरी विभिन्न राजनीतिक पार्टी, अधिकारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि गरी २८ जना सहभागी छन् । देशको पूर्वदेखि पश्चिम तथा पहाड, हिमाल र तराई तीनै क्षेत्रबाट २५ देखि ४० वर्षसम्मका सहभागी छनोट गरिएको छ । 

अध्ययन कार्यक्रमको उद्घाटन तथा पहिलो सत्र काठमाडौंमा आयोजना भएको थियो । दोस्रो सत्र हिमाली जिल्ला दोलखामा आयोजना भएको छ भने तेस्रो सत्र पहाडको कुनै एक जिल्लामा आयोजना हुनेछ । अन्तिम सत्र तथा दीक्षान्त तराईको कुनै एक जिल्लामा आयोजना हुने लिडरशीप एकेडेमीले जानकारी दिएको छ। 

प्रकाशित: ७ वैशाख २०७५ १४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App