१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

मैनालीले ल्याए ‘नसुतेको रात’

काठमाडौं- गजलकार डा. प्रदीप मैलानीले ‘नसुतेको रात’ गजलसङ्ग्रह बजारमा ल्याएका छन्। काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. गंगाप्रसाद उप्रेतीले गजल सङ्ग्रहलाई लोकार्पण गरे।

८४ वटा गजल सङ्कलित पुस्तकमा मैनालीले प्रेम, अर्थ, राजनीति, समसामयिक विषय समेटिएका छन्। कार्यक्रममा गजल सङ्ग्रहबारे समालोचक प्रभाती किरणले चर्चा गरेका थिए। गजलसङ्ग्रह बुलबुल पब्लिकेसनले बजारमा ल्याएको हो।

कार्यक्रममा किरणले ‘नसुतेको रात’ गजल उत्कृष्ट रहेको बताए । ‘यो गजलमा बिम्ब, प्रतिक, लक्षणा, वेञ्जनालगायत प्रयोग गरिएको छ,’ उनले भने, ‘यो साच्चिकै गजल हो ।’

मैनालीले दुई वर्ष अघि बैशाखमै पहिलो गजलसङ्ग्रह ‘तुलसीको पात’ बजारमा ल्याएका थिए।

 

 

प्रकाशित: ७ वैशाख २०७५ १३:३४ शुक्रबार

मैनालीले ल्याए नसुतेको रात