८ वैशाख २०८१ शनिबार
खेल

वेंगरले यसै सिजनकाे अन्त्यमा २२ वर्षे इमिरेटस् बसाई टुङ्ग्याउँदै

लन्डन – आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले शुक्रबार यसै सिजनको अन्त्यपछि २२ वर्षे इमिरेटस् बसाई टुङगाने घोषणा गरेका छन्।

गत सिजन क्लब इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगमा छनोट हुन असफल भएपछि आलोचित बनेका वेंगर जारी सिजन पनि खराब प्रदर्शनले निरन्तरता पाउदा थप आलोचित बनेका थिए। ३३ खेलमा ५४ अंक जोडेको आर्सनल छैटौ स्थानमा छ। जसन चौथो स्थानको टोटेनह्याम भन्दा १४ र पाँचौ स्थानको चेल्सी भन्दा ९ अंक कम हो।

शीर्ष ४ टोलीमात्र  छनोट हुने भएकाले आर्सनलको अर्काे सिजन च्याम्पियन्स लिग खेल्ने लक्ष्यले पनि यसपटक पूर्णता पाउन सकेन। युरोपा लिगको उपाधि जितेमात्र आर्सनल अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुनेछ।

‘क्लब व्यवस्थापनसँगको छलफलपछि मैले आर्सनल बसाई टुङयाउने निर्णय लिए,’वेंगरले भने, ‘क्लबसँगको सम्झौता थप एक वर्ष बाकी भएपनि मैले क्लब प्रशिक्षण छोड्ने यो उत्तम समय ठाने।

यसै सिजनको अन्त्यपछि म क्लब प्रशिक्षणमा हुन्न। क्लबलाई लामो समय प्रशिक्षण दिने क्रममा व्यवस्थापक, खेलाडी र समर्थकबाट पाएको साथ र सद्भावका लागि म आभारी छु। म समर्थकलाई सधै क्लबप्रतिको माया र साथ कायम राख्न आग्रह गर्दछु। मेरो यस क्लबप्रतिको सम्मान सधै रहिरहने छ।’

सन् १९९६ अक्टोबरमा क्लब प्रशिक्षण सम्हालेका वेंगरले २२ वर्षे क्लब बसाईमा आर्सनलाई तीन पटक प्रिमियर लिगको उपाधि जिताएका थिए। सो क्रममा आर्सनलले सन् २००४ मा सिजन अवधीभर अपराजित रहदै उपाधि पक्का गरेको थियो।

प्रकाशित: ७ वैशाख २०७५ ११:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App