८ वैशाख २०८१ शनिबार
समाज

बाल श्रमिकको उद्धार

काठमाडौं – सार्वजनिक यातायातलाई बाल श्रमरहित बनाउने अभियानअन्तर्गत छजना बालकको उद्धार गरिएको छ।

श्रम कार्यालय वाग्मती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघसंस्थाको सहकार्यमा उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका साधन (बस, मिनीबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधनलगायत) को अनुगमन गरी आज लगनखेल बसपार्कबाट छजना बालकको उद्धार गरिएको हो।

श्रम कार्यालय वाग्मतीका प्रमुख उदयकुमार गुप्ताको नेतृत्वमा शुरु गरिएको अभियानमा आज १५५ वटा सवारी साधनको अनुगमन गरी सचेतनामूलक स्टिकरसमेत टाँसिएको छ। बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ अनुसार सार्वजनिक यातायातका साधनमा बालबालिकालाई श्रममा लगाउन पाइँदैन।

सवारी साधनबाट सहचालकका रुपमा कार्यरत १६ वर्षमूनिका छजना बालकलाई उद्धार गरी संरक्षण तथा उचित व्यवस्थापनका लागि सामाजिक संस्थामा पठाइएको हो। अभियानलाई निरन्तरता दिइने बाल कल्याण समितिले जनाएको छ। अभियान वैशाख ५ गतेदेखि शुरु भएको हो।  (रासस)

प्रकाशित: ७ वैशाख २०७५ १०:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App