भारतमा सामुद्रिक छाल आउने चेतावनी

शुक्रबार, ०७ बैशाख २०७५, १५ : ४४ एजेन्सी

नयाँदिल्ली – भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले सामुद्रिक छाल आउने सम्भावना भएकाले सतर्क हुन शुक्रबार चेतावनी दिएको छ। 

छालसम्बन्धी पूर्वानुमान गर्ने निकायले अति शक्तिशाली सामुद्रिक छाल आउने बलियो संकेत देखिएकाले सतर्क हुन आह्वान गरेको जनाइएको छ। 

सामुद्रिक किनारा भएका देशभरका सबै ठाउँका स्थानीय वासिन्दाले सतर्कता अपनाउनु पर्ने अधिकारीको भनाइ छ। 

प्राधिकरणका अधिकारीका अनुसार भारतको पश्चिमी सामुद्रिक किनारामा शनिबार बिहान र बंगालको खाडी क्षेत्रमा आइतबार सामुद्रिक छाल आउने चेतावनी दिइएको हो। 

आउँदो मंगलबार पनि सामुद्रिक छाल आउने संभावना उत्तिकै रहेको अधिकारीले बताएका छन्। 

सामुद्रिक छालबाट विषेश गरेर भारतको लक्ष्यद्विप, दक्षिणी तमिलनाडु, बंगालको खाडी र केरलालगायतका क्षेत्र बढी प्रभावित हुने देखिएको छ। 

ती क्षेत्रहरुमा उच्च शक्तिको सामुद्रिक छाल शनिबार र आइतबार आउने बताइएको छ। 

सामुद्रिक छालबाट प्रभावित हुनसक्ने क्षेत्रका मानिसलाई यसअवधिमा त्यहाँबाट अन्यत्र सुरक्षित ठाउँमा जान सल्लाह छ, प्राधिकरणका अधिकारीले भनेका छन्। 

उनीहरुले दक्षिण कर्नाटक र उत्तर तमिल नाडुमा भीषण वर्षा हुने अनुमान पनि गरेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन्। 








यसमा तपाईको मत

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad