१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चीनसँग सहकार्य गर्नु नेपालका लागि गर्वको विषय: परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई) बृहत् शान्ति, समृद्धि र एकताका निम्ति भएको उल्लेख गर्दै त्यसमा चीनसँग सहकार्य गर्नु नेपालका लागि गर्वको विषय भएको बताएका छन् ।

चीनको पाँच दिने भ्रमणमा रहेका मन्त्री ज्ञवालीले सिचुवान प्रान्तको राजधानी छेन्दुस्थित सिचुवान विश्वविद्यालयले शुक्रवार विश्वविद्यालयको प्रेक्षालयमा गरेको ‘नेपाल–चीन सम्बन्ध र हिमालय क्षेत्र सीमापार विकासका सम्भावना’ विषयक प्रवचनमा उनले बिआरआईअन्तर्गत निर्माण हुने सीमापार सडक, रेलमार्ग, तेलका ‘पाइपलाइन’, सूचनामार्ग, ऊर्जा ‘ग्रिड’, हवाईमार्ग, प्रसारण मार्गले हिमालय क्षेत्रका स्रोत र साधनको उपयोगबाट उक्त भेगका जनताको जीवनस्तर उकास्ने बताए ।

परराष्ट्र मन्त्रालयका अनुसार पारस्परिक लाभ तथा दुवै पक्षलाई समान परिणाम प्राप्त हुने गरी नेपाल र चीनले आफ्ना सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री ज्ञवालीले विश्वभर ऐतिहासिक रुपमा सामाजिक–आर्थिक रुपान्तरण भइरहेका बेला गरिबी घटाउने र समृद्धि बढाउनेतर्फ लाग्नु अपरिहार्य भएको बताए ।

चीनका केन्द्रीय नेताहरुसँग बेइजिङमा भएको आफ्नो भेटवार्ताबारे जानकारी दिँदै ज्ञवालीले नेपालको विकास प्रयासमा सघाउने अाश्वासन दिएको बताए ।

नेपाल र चीनबीच हिमालय सीमापार क्षेत्रमा निर्माण हुने भौतिक पूर्वाधारबाट आर्थिक अवसरको प्रवर्धनका साथै वस्तु, सेवा तथा मानिसको आवागमन सहज बन्ने वास्तविकता औँल्याए । उनले भने, 'व्यापार तथा आर्थिक एकीकरणका साथै साझा समृद्धिका लागि त्यस्ता पूर्वाधार निर्माण हुनु अहिले उपयुक्त समय हो' ।

शिक्षा, विज्ञान तथा प्रविधिका माध्यमबाट सामाजिक–आर्थिक उन्नयनका निम्ति सिचुवान विश्वविद्यालयले अग्रपंक्तिमा रहेर निर्वाह गरेको भूमिकाको मन्त्री ज्ञवालीले सराहना गरेका थिए । (रासस)

प्रकाशित: ७ वैशाख २०७५ ०७:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App