८ वैशाख २०८१ शनिबार
खेल

प्रिमियर लिगः उपहार गोलमा चेल्सीको संघर्षपूर्ण जित

इङल्याण्ड – इङलिस प्रिमियर लिग फुटबलमा साविक विजेता चेल्सीले संघर्षपूर्ण जित निकालेकाे छ।  प्रतियोगिताअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा चेल्सीले बर्नलीलाई २–१ ले पराजित गरेको हो।

चेल्सीलाई विजयी गराउन भिक्टर मोसेसले एक गोल गर्दा बर्नलीका केभिन लङले एक आत्माघाति गोल उपहार दिएका थिए। बर्नलीका लागि बर्नासले एक गोल फर्काए।

जितसँगै चेल्सी अन्तिम चार खेल बाँकी रहँदा चौथो स्थानको टोटेनह्यामभन्दा ५ अंकले पछि छ। पाँचौ स्थानको चेल्सीले ३४ खेलबाट ६३ अंक जोडेको छ। ५२ अंक जोडेको बर्नली लिगको सातौं स्थानमा रहेको छ।

यस्तै लिगकै अन्य खेलमा लेष्टर र साउथह्याम्पटनले गोलरहित बराबरी खेलेका छन्। ४४ लेष्टर आठौं स्थानमा छ भने रेलिगेसन क्षेत्रमा रहेको साउथह्याम्पटनको २९ अंक छ।

५ खेलअघि नै प्रिमियर लिगको च्याम्पियन बनेको सिटीको ८७ अंक छ। त्यस्तै दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ७४ र तेस्रो स्थानको लिभरपुलको ७० अंक छ।

प्रकाशित: ७ वैशाख २०७५ ०६:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App