coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एथ्लेटिको मड्रिड पराजित, बार्सिलोना उपाधि नजिक

स्पेन – स्पेनिस ला लिगा फुटबलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिड पराजित भएको छ। प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको खेलमा रियल सोसियडाडले एथ्लेटिको मड्रिडलाई ३–० ले स्तब्ध पारेको हो।

घरेलु मैदानमा सम्पन्न खेलमा सोसियडाडलाई जिताउन खेलको ८० र इन्जुरी समयमा गरि हुवानमाईले २ तथा २७ औं मिनेटमा विलियन जोसोले गोल गरे। खेलमा ५७ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा राखेपनि एथ्लेटिको पराजित भयो। जितसँगै सोसियडाड ३३ खेलबाट ४३ अंक जोडदै लिगको ११ औं स्थानमा छ।

एथ्लेटिकाको हारले लिग लिडर बार्सिलोनालाई फाइदा पुगेको छ।  बार्सिलोना ला लिगाको २५ औं उपाधि नजिक पुगेको छ।

बार्सिलोनाले लिगमा १२ अंकको स्पष्ट अग्रता कायम गरेको छ। अब डिपोर्टिभो ला कोरुनासँगको खेल जिते बार्सिलोनाले चार खेल अगावै उपाधि जित्नेछ।

त्यस्तै रातिनै सम्पन्न अन्य खेलमा लेभान्टेले मालागा र रियल बेटिस र लास पालमसलाई समान १–० र गिरोनाले आलाभेसलाई २–१ ले पराजित गरेको छ। 

प्रकाशित: ७ वैशाख २०७५ ०६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App