बर्लिन – विवादास्पद खेलमा बुधबार दोस्रो सेमिफाइनलमा साल्केलाई १–० ले पराजित गर्र्दै इन्ट्राक्ट फ्रयाकंफर्टले बायर्न म्युनिखसँग जर्मन कपको फाइनल भिडन्त पक्का गरेको छ।
७५ औं मिनेटमा जोनाथन डि गुजम्यानको पासमा लुका जोभिचले गरेको गोल फ्रयाकंफर्टको फाइनल यात्रा तय गर्न पर्याप्त बन्यो । फ्रयाकंफट जर्मन कपको पाmइनलमा प्रवेश गरेको यो लगातार दोस्रो पटक हो । गत सिजन बोरुसिया डर्टमन्डलाई नतिजा सुम्पिएपछि टोली उपविजेतामा सीमित बनेको थियो।
त्यसको ४ मिनेटपछि गेल्सन फर्नान्डेज रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि साल्केले १० खेलाडीमा सीमित हुदै खेलको अन्त्य गरेको थियो । फर्नान्डेजले फ्रयाकंफर्टका लियोन गोर्टेजकामाथि खराब फाउल गरेपछि रेफ्री रोबर्ट हार्टम्यानले उनलाई रातो कार्डको दर्शन गराएका थिए।
फर्नान्डेजलाई सुरुमा पहेलो कार्डको दर्शन गराएका हार्टम्यानले भिडियो सहायक रेफ्री(भिएआर) प्रविधिको सहयोगमा उत्त निर्णय परिवर्तन गर्दै रातो कार्डको दर्शन गराएपछि विवाद सुरु भएको थियो ।साल्केका खलाडीले उत्त निर्णयको विरोध गरेपछि खेल अबरुद्ध बनेको थियो।
अतिरित्त समयको चौथो मिनेटमा ड्यानियल कालिग्युरीको गोलमा साल्के खेलमा फर्किएपनि हार्टम्यानले ह्षान्डबल भएको भन्दै उत्त गोललाई मान्यता नदिएपछि खेल थप विवादास्पद बनेको थियो ।साल्के र फ्रयाकंफर्टका समर्थक एक आपसमा हात पातमा उत्रिएपछि पुन खेल अबरुद्ध भएको थियो।
यसअघि मंगलबार सम्पन्न पहिलो सेमिफाइनमा बायर्नले बायर लेभरकुसनमाथि ६–२ को प्रभावशाली प्रदर्शन गर्दै फाइनल यात्रा पक्का गरेको थियो।
प्रकाशित: ७ वैशाख २०७५ ०४:१८ शुक्रबार