१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

प्रेमध्वजलाई ‘अजर अमर सम्मान’

काठमाडौं– गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई ‘अजर अमर सम्मान २०७५’ बाट सम्मान गरिने भएको छ । संगीतकार संघ नेपालले शुक्रबार काठमाडौंबाट थालनी गर्ने ‘मेची महाकाली सांगीतिक अभियान’को क्रममा प्रधानलाई नगदसहित सम्मान गरिने भएको हो।

शुक्रबार सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा साँझ ५ बजेदेखि प्रारम्भ हुने कार्यक्रमअघि दिँउसो ३ बजे प्रधानलाई बागबजारस्थित उनको निवासबाट रथारोहण गरिनेछ। ‘सकारात्मक सोचसहित कर्तव्यवोधको सांगीतिक अभियान’ मूल नाराका साथ सुरु हुन लागेको यो अभियानको शुभारम्भ पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन्।

क्लबको कार्यक्रममा प्रेमध्वज, योगेश वैद्य, दीप श्रेष्ठ, दीपक खरेल, मीरा राणा, जे बि टुहुरे, नन्दकृष्ण जोशी, शम्भु राई, कुन्ती मोक्तान, नारायण रायामाझी, राजेशपायल राई, उदय सोताङ, मनिला सोताङ, पारस मुकारुङ, धीरेन्द्र प्रेमर्षी, सत्यराज आचार्य, स्वरुपराज आचार्य, शिशिर योगी, जेम्स प्रधान, शशी रावल, लगायतले सांगीतिक प्रस्तुति दिनेछन्।

संस्थाले स्थापना गरेको कल्याणकारिणी कोष वृद्धि गर्नु कार्यक्रमको उद्देश्य रहेको जानाएको छ। संघले विहीबार विज्ञप्ति जारी गर्दै सात वर्षअघि स्थापना भएको संघले नेपाली गीत संगीतको जगेर्ना एवं प्रवर्द्धन गर्ने तथा त्यसको महत्व र गरिमालाई विश्वसामु चिनाई नेपालको पर्यटन विकासमा समेत टेवा पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ
विभिन्न जातजाति तथा भाषाभाषीको लोपोन्मुख कला, संस्कृति, परम्परा एवं गीत संगीतको संरक्षण र सम्वद्र्धन गर्नेसमेत उद्देश्य अभियानले राखेको छ।

 

प्रकाशित: ७ वैशाख २०७५ ०३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App