coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । शुभ साइतअनुसार बिहीबार बेलुकी ५ बजे रथयात्रा आरम्भ भएको हो । यो यहाँको सबैभन्दा ठूलो जात्रा हो।

जात्राको पहिलो दिन पुल्चोकस्थित मच्छिन्द्रबहालमा रहेको रथलाई तानेर गांःवहालमा पुर्‍याइएको छ । रथ तान्नुअगाडि गुरुज्यूको पल्टनबाट सलामी दिइएको थियो ।
मंगलबार पुल्चोकस्थित मच्छिन्द्र बःहालमा मच्छिन्द्रनाथ देवतालाई रथमा विराजमान गराएसँगै जात्रा सुरु भएको थियो।

त्यसपछि स्थानीयले बुधबार र बिहीबार दिनभर गाईदान, शान्ति स्वस्तिलगायत पूजा गरेका थिए । यो जात्रा सञ्चालन गर्न मूः (मूल) ६ र अन्य कचाः (सहायक) गुठीले गुठी संस्थान र स्थानीयसँग सहकार्य गर्दै आएको गुठी संस्थान ललितपुर शाखा प्रमुख शैलेन्द्र पौडेलले जानकारी दिए । उनले यी गुठीहरूले जात्रालाई सञ्चालनको लागि आवश्यक तयारी गर्दै आएको बताए । ‘जात्रा अवधिभर पानेजुहरूले दशकर्म पूजा गर्ने चलन छ,’ उनले भने, ‘जात्राका क्रममा टीकाभैरव, क्रोघ भैरव, श्वेत भैरव र चन्द्र भैरवको विधिवत पूजाआजा भइरहन्छ।’

संस्कृतिविद् हरिराम जोशीका अनुसार मानवीय क्षति नहोस् भनेर यी देवताको पूजाआजा गरिन्छ । रथ गुडाउनुभन्दा अघि पांग्रामा क्षमा, सिद्धि पूजा र भैरव प्रतिस्थापन गर्नुपूर्व चित्रकारहरू रङरोगन गर्छन्।

जात्रालाई सहकालका देवताका रूपमा हिन्दू र बौद्ध धर्मावलम्बीले पनि मनाउँछन् । पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्राको सुरुआत गराइएको किंवदन्ती छ ।

रथमा काठ बान्ने, डोरी बनाउने, बे्रक बनाउनेलगायत काम यवाल, घकु, बुसीलगायत समुदायका व्यक्तिहरूले गरेका थिए । रथ तान्ने क्रममा बिग्रियो भने पनि यिनै समुदायका व्यक्तिहरूले मर्मत गर्ने छन् । मच्छिन्द्रनाथको जात्राभित्र पर्ने मुख्य पर्व इगुः पर्व पनि अहिले चलिरहेको छ।

शाखा प्रमुख पौडेलका अनुसार मच्छिन्द्रनाथलाई रथमा विराजमान गराएपछि दुई दिनसम्म पुल्चोकमै राख्ने चलन छ । त्यही राखेर परम्परागत पूजा गरिसकेपछि बिहीबार बाजागाजासहित रथ यात्रा सुरु गरिएको हाे।

मच्छिन्द्रनाथ जात्रा खेती किसानीसँग सम्बन्धित भएको संस्कृतिविद् जोशीले बताए । ‘करिब १६ सय वर्षअघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ,’ उनले भने, ‘नेवारी परम्पराअनुसार ३२ हात अग्लो रथ बाजागाजाका साथ ललितपुरका विभिन्न टोलहरू परिक्रमा गराउने परम्परा छ ।’ उनका अनुसार तिथिमिति नजुरेको समयमा भने ६ महिनासम्म पनि जात्रा चलिरहन्छ।

यो जात्रा ५४६ सालदेखि सुरु भएको किंवदन्ती छ । यो जात्रालाई सहकालका देवताका रूपमा हिन्दू र बौद्ध धर्मावलम्बीले पनि मनाउँछन् । पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्राको सुरुआत गराइएको किंवदन्ती छ।

हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन् । जावलाखेलमा भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्‍याउने परम्परा छ । रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङ्मतीमा राख्ने गरिन्छ ।
रथलाई विभिन्न ठाउँमा पुर्‍याएपछि पूजा गर्ने चलन छ।

हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन् ।

हरेक दिन स्थानीयले मच्छिन्द्रनाथको पूजाअर्चना गर्छन् । ‘शुभ साइतअनुसार विभिन्न रुटहरूमा तान्न सुरु गरिएको रथलाई गाःवहाल, मंगलबजार, सुन्धारा, चक्रवहिल हुँदै लगनखेलस्थित थटीटोलमा लगेर राखिन्छ,’ शाखा प्रमुख पौडेलले भने, ‘त्यहाँ लगेपछि फेरि नयाँ साइत हेरेर भोटो देखाउनका लागि जावलाखेलतर्फ लगिन्छ ।’ उनका अनुसार भोटो देखाउनका लागि भने अझै साइत जुरेको छैन । जेठमा मलमास परेकाले असारमात्रै भोटो देखाइने छ।

उक्त अवधिसम्म रथलाई करिब एक महिना लगनखेलस्थित थटीटोलमा राखिने छ । त्यहाँ लगेपछि मच्छिन्द्रनाथसँग सम्बन्धित विभिन्न पुरक नाच र जात्राहरू देखाइने छ । असारमा साइत हेरेर मात्रै हेरेर कुमारीपाटी हुँदै रथलाई जावलाखेल लगिन्छ । रथ जावलाखेलमा पु¥याएको चौथो दिन भोटो देखाउने परम्परा छ।

किंवदन्तीअनुसार करिब एक हजार पाँच सय वर्षपहिले उपत्यकामा १० वर्षसम्म पानी परेन । पानी पर्न छाडेपछि सबैतिर हाहाकार मच्चियो । खेतीपाती हुन छाड्यो । मानिसहरू खडेरीले व्याकुल भए । यसै बखतमा काठमाडौंका बन्धुदत्त बज्राचार्य, भक्तपुरका राजा नरेन्द्रदेव र ललितपुर पाटनका ज्यापुले मच्छिन्द्रनाथ देवतालाई उपत्यकामा ल्याएपछि पानी पर्छ भन्ने कसैबाट सुने।

‘लामो बाटो धाएर मच्छिन्द्रनाथ यहाँसम्म ल्याएपछि पानी परेको किंवदन्ती छ,’ संस्कृतिविद् बुद्धिराज बज्राचार्यले भने, ‘कामरुकामक्षबाट मच्छिन्द्रनाथलाई बोकेर ल्याएपछि कहाँ राख्ने भन्ने विषयमा फेरि तीन जनाबीच हानथाप चल्यो, विवाद चर्कियो ।
यस्तो छ रथ तान्ने रुट
रातो मच्छिन्द्रनाथको रथ एउटै रुटबाट तान्ने परम्परा छ । कुनै प्राकृतिक विपत्ति आइप¥यो भने रुट परिवर्तन हुन्छ । नत्र पुरानै रुटबाट रथ तान्नु पर्ने गुठी शाखाका प्रमुख पौडेलले बताए । उनका अनुसार हरेक वर्ष रथ तान्ने रुट एउटै हुन्छ ।

तर, तिथिअनुसारको साइत नमिल्दा कुनै रुटमा ५÷६ दिन पनि रथ राख्ने गरिन्छ । जात्रा तान्न सुरु भएको पहिलो दिन पुल्चोक–गाःवहाल, दोस्रो दिन गाःवहाल–मंगलबजार, तेस्रो दिन मंगलबजार–सुन्धारा, चौथो दिन सुन्धारा–लगनखेल, पाँचौ दिन लगनखेल–इटीटोल, छैटौं दिन इटीटोल र भोटो देखाउने साइत हेरेर कुमारीपाटी हुँदै रथलाई जावलाखेलसम्म पुर्‍याइने छ ।

प्रकाशित: ७ वैशाख २०७५ ०१:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App