coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘हिमाल आरोहणका लागि नेपाल विश्वकै उत्कृष्ट’

पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीद्धारा विश्वप्रसिद्ध हिमाल आरोहीलाई सम्मान गर्दैै । तस्बिर : अर्जुन तामाङ/नागरिक

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले हिमाल आरोहणका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य भएकोे बताएका छन्।

सगरमाथा आरोहण गरेको ४० औं वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा पर्यटन मन्त्री अधिकारीले हिमाल आरोहणका लागि नेपाल पहिलो गन्तव्य भएको बताएका हुन्।

‘विश्व कै पर्यटकीय गन्तव्य हो नेपाल । यहाँको भू–बनोट, प्राकृतिक सम्पदा र हिमालय शृंखला पर्यटकका लागि पहिलो रोमाञ्चक दृश्य हो । यस दृश्यले विश्वलाई चकित पारेको छ,’ पर्यटन मन्त्री अधिकारीले भने, ‘हिमालय शृंखलाप्रतिको आकर्षण र विदेशीको मोह घटेको छैन । सगरमाथा आरोहणलाई व्यवस्थित प्रविधिमैत्री बनाउनु पर्छ।’

नेपाल पर्यटन बोर्ड र पर्वतारोहण संघले विश्वप्रसिद्ध हिमाल आरोहीको सम्मान कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । सगरमाथा नेपालको पहिचान  र गौरवसँग जोडिएको छ । सगरमाथाकै कारण विश्वमा नेपाल चिनिएको पर्यटन मन्त्री अधिकारीको भनाइ छ।

सगरमाथा आरोहणको ४० वर्ष पूरा भएको अवसरमा उनले आठ विश्वप्रसिद्ध हिमाल आरोहीलाई संयुक्त रुपमा बिहिबार सम्मान गरेका छन् । सम्मानित भएका हिमाल आरोहीलाई शुभकामाना दिँदै हिमाल आरोहण गर्न चाहनेका लागि नेपाल आउँन समेत मन्त्रीले आग्रह गरे ।सम्मानित आरोहीले सन् १९७८ मा सगरमाथा सफलतापूर्वक आरोहण गरेका थिए । नेपाल पर्वतारोहण संघका अनुसार त्यो समूहमा १२ आरोही सहभागी थिए । तीमध्ये चार आरोहीको मृत्यु भइसकेको संघका अध्यक्ष सन्तवीर तामाङले जानकारी दिए।

सम्मानित हुनेमा अस्ट्रियन उल्फग्याङ न्याज, प्राडा पिटर हाबलर, प्राडा रेमन्ड मार्गे्रटर, रोबर्ट सावर, हान्स सेल, हेलमुथ ह्यागनर, इटालियन राइनहोल्ड म्यासनर, स्विस प्राडा अजोल्ड ओरेलजेड रहेका छन् ।हिमाल आरोहीहरुले सगरमाथा, आमाडाबला, चोयु, धौलागिरी लगायतका हिमाल आरोहण गरिसकेको संघले जनाएका छन्।

सम्मानित आरोहीमार्फत नेपालमा रहेका हिमालको प्रचारप्रसार हुने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीले बताए । ‘संघ र बोर्डको संयुक्त प्रयासले विश्वप्रसिद्ध आठ आरोहीलाई सम्मान गर्न पाउँदा नेपालले गर्व गर्न पाएको छ । नेपालको हिमाललाई विश्वप्रसिद्ध बनाउन आरोहीहरुको अहम भूमिका छ,’ उनले भने, ‘हरेक सिजनमा विदेशी आरोही सगरमाथा आरोहण गर्न आउने गरेका छन् । आरोहीका लागि सगरमाथा आरोहण एक उदेश्य भए पनि नेपालको लागि विश्व किर्तिमान हो ।’

 

प्रकाशित: ७ वैशाख २०७५ ०१:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App