६ वैशाख २०८१ बिहीबार
खेल

आइपीएल : क्रिश गेलको शतकमा पञ्जाबद्वारा हैदराबादलाई १९४ रनको लक्ष्य

पञ्जाब– इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किंग्स इलेभन पञ्जाबद्वारा सनराइजर्स हैदराबादसामु १९४ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

घरेलु मैदान पञ्जाब क्रिकेट एशोसियसन स्टेडियममा टस जितेर व्याटिङ्गमा उत्रिएको पञ्जाबले क्रिश गेलको शतक मद्दतमा १९३ रनको योगफल तयार पार्यो। निर्धारित २० ओभरमा ३ विकेट गुमाएको पञ्जाबका लागि क्रिशले नटआउट १०४ रन बनाए। ६३ बल खेलेका उनले सर्वाधिक ११ छक्का प्रहार गरे। खेलमा उनले १ चौका मात्रै प्रहार गरे। आइपीएलमा क्रिश गेलको यो छैटौं शतक हो।

करुण नैरले ३१ रन जोडे। २१ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे। केएल राहुल र मयान्क अग्रवाल १८ रनमा आउट भए। आरन फिन्च ६ बलमा १ चौका र १ छक्कासहित नटआउट १४ रनमा अविजित रहे। 

बलिङतर्फ भुवनेश्वर कुमार, रसिद खान, सिद्धार्थ कोलले समान १ विकेट लिए। 

प्रकाशित: ६ वैशाख २०७५ १५:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App