६ वैशाख २०८१ बिहीबार
राजनीति

पार्टी एकताका विषयमा दुई अध्यक्षबीच छलफल

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच पाटी एकताको विषयलाई लिएर वार्ता भएको छ। 

पार्टी एकता संयोजन समितिले पार्टी एकतालाई अन्तिम रुप दिन जिम्मेवारी दिएअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार उनीहरुले छलफल गरेकाे प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए।

पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकले यही वैशाख ९ गते पार्टी एकतासम्बन्धी अन्तिम निष्कर्ष निकाल्न दुई पार्टीका अध्यक्षलाई जिम्मेवारी दिएको थियो। यही सेराेफेराेमा वार्ता भएकाे हाे।

प्रकाशित: ६ वैशाख २०७५ १३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App