coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

शैक्षिक सुधारका लागि प्रधानमन्त्रीको अग्रसरता आवश्यक : भट्टराई

ताप्लेजुङ– प्रतिनिधिसभाका सांसद तथा एमाले सचिव योगेशकुमार भट्टराईले सामुदायिक बिद्यालयको अवस्थामा सुधार ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरता आवश्यक रहेको बताएका छन्। उनले बिद्यार्थी भर्ना कार्यक्रम जस्तै सामुदायिक बिद्यालयको शैक्षिक सुधारका लागि आमूल परिवर्तन दिने गरी कार्यक्रम ल्याउन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण् गरेका छन्। 

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाका दुई बिद्यालयमा २ जना बिद्यार्थीको अभिभावक बनेर बिद्यार्थी भर्ना अभियान सुरुवात गरेका भट्टराईले उच्च नतिजा दिएर शैक्षिक अभियानको नेतृत्व गर्नेगरी सामुदायिक बिद्यालयलाई रुपान्तरणको मार्गमा लैजान आवश्यक रहेको बताए। बिद्यार्थी भर्ना अभियान पछि आयोजित कार्यक्रममा बोल्दै भट्टराई मुलुकका सामुदायिक बिद्यालय मार्फत शैक्षिक क्षेत्रमा आमूल परिवर्तन हुने प्रकृतिका कार्यक्रम ल्याउन आवश्यक रहेको समेत बताए। ‘सामुदायिक बिद्यालयको अवस्थामा व्यापक सुधार ल्याउन प्रधानमन्त्रीको अग्रसरताको अपेक्षा गरिन्छ’, नेता भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्। 

उनले बिद्यार्थी भर्ना अभियानको सफलता सामुदायिक बिद्यालयको शैक्षिक सुधारबाट झल्कने समेत बताएका छन्। नेता भट्टराईले प्रगति सहितको नतिजा दिने गरी सामुदायिक बिद्यालयलाई रुपान्तरण गर्न जरुरी रहेको र यसका लागि प्रधानमन्त्री ओलीले बिशेष कार्यक्रम ल्याउनसकेमा शैक्षिक सुधारका नयाँ खुड्किलो हुने बताए। बिद्यार्थी भर्ना अभियान प्रधानमन्त्रीकै परिकल्पनाको उपज रहेको भन्दै नेता भट्टराईले सामुदायिक बिद्यालयबाट परिवर्तन देखिने गरी नतिजा ल्याउने तहको कार्यक्रम आवश्यक रहेकोमा जोड दिए। 

कक्षा १० सम्मको अध्यनका लागि कुनै समस्या परेमा आवश्यक सहयोग गर्ने बचन सहित नेता भट्टराईले नेता पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नम्बर ६ स्थित सारदा मावि थुम्बेदिन र वडा नम्बर ५ को चाक्सिबोटे माविमा २ जना बिद्यार्थी भर्ना समेत गराएका छन्। सारदा माविमा कमल बिक र चाक्सिबोटे माविमा गंगा बिकका अभिभावक बनेर नेता भट्टराईले बिद्यालयमा भर्ना गराएका छन्। दुबैजना कक्षा १ मा भर्ना भएका छन्। बिद्यार्थी भर्ना गराएको क्षेत्र भट्टराईको आफ्नै निर्वाचन क्षेत्र हो। 

प्रकाशित: ६ वैशाख २०७५ १३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App