टनकपुरबाट ७० मेगावाट विद्युत आयातको बाटो खुल्यो

बिहिबार, ०६ बैशाख २०७५, १७ : ५३ नागरिक

934


काठमाडौं– नेपाल विद्युत प्राधिकरणले माग उच्च हुँदा टनकपुरबाट बढीमा ७० मेगावाटसम्म विद्युत आयात गर्न सक्ने भएको छ। ५० एमभिएको नयाँ ट्रान्सफर्मर जडान गर्ने सुनिश्चित भएकाले थप विद्युत आयातको बाटो खुला भएको हो।
टनकपुरस्थित सबस्टेसनमा जडित ५० एमभिएको ट्रान्सफर्मरबाट अहिले प्राधिकरणले ३० देखि ४० मेगावाटसम्म विद्युत आयात गरिरहेको छ। सोही ठाउँमा ५० एमभिएको नयाँ ट्रान्सफर्मर जडान गर्न भारत सहमत भएको छ।

प्राधिकरणले लामो समयदेखि नयाँ ट्रान्सफर्मर थप्न भारतसँग आग्रह गर्दै आएको थियो। बैशाख ३ र ४ गते भारतको नयाँ दिल्लीमा भएको नेपाल–भारत ऊर्जा सचिवस्तरीय (जेएससी) बैठकले ट्रान्सफर्मर थप्ने निर्णय गरेको छ।

जेएससी बैठक हुनुअघि सुदूरपश्चिमका सांसद र स्थानीय बासिन्दाले त्यहाँ विद्युत आपूर्ति अनियमित हुने गरेको गुनासो गर्दै आएका थिए। उनीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई भेटेरै यसबारे लिखित पत्र नै बुझाएका थिए।
सुदूरपश्चिमका बासिन्दाको गुनासोलाई मध्यनजर राख्दै मन्त्री पुनले जेएससी बैठकमा आपूर्तिमा सुधार तथा गुणस्तरीय विद्युत आपूर्तिबारे भारतसँग छलफल गर्न सचिवलगायत टोलीलाई आग्रह गरेका थिए।

मन्त्रीले समेत जोड दिएपछि वर्षौंदेखि हुँदै आएको छलफलमा यस पटक नेपालले उक्त विषयलाई उच्च प्राथमिकताका साथ उठाएको थियो। छलफलमा भारत निकै सकारात्मक रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए।

‘नयाँ ट्रान्सफर्मर जडान गरेपछि बढी विद्युत ल्याउने बाटो खुला भएको छ, साथै यसले गुणस्तरमा पनि सुधार ल्याउँछ,’ उनले भने, ‘एउटा ट्रान्सफर्मर बिग्रिँदा अर्कोबाट आपूर्ति गर्ने विकल्प पनि हुन्छ।’

ट्रान्सफर्मर किनेर जडान वा त्यहाँ आवश्यक जग्गा व्यवस्थापन गर्न करिब १६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उक्त खर्च भारतले नै बेहोर्ने सहमति भएको छ। भारतको विदेश मन्त्रालयको कोषमार्फत आवश्यक खर्च बेहोरिने बताइएको छ।

नेपालले महाकाली सन्धिअनुसार टनकपुरबाट वर्षको ७ करोड युनिट (करिब १० मेगावाट) विद्युत निःशुल्क लिँदै आएको छ। यो बाहेक करिब ३० मेगावाट व्यापारिक दरमा किन्ने गर्छ। प्राधिकरणले अहिले भारतबाट उच्च माग हुँदा बढीमा ५ सय मेगावाटसम्म विद्युत आयात गर्दै आएको छ।







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

मिसेस मकवानपुरको ताज मेलिनालाई

मिसेस मकवानपुरको ताज मेलिनालाई

मिसेस मकवानपुर २०१८ का १३ प्रतिष्पर्धीलाई पछी पार्दै मेलिना राना मगरले उपाधि जतेकी छिन्। हेटौंडामा शुक्रबार राती सम्पन्न प्रतियोगिताको फाइनलमा...

प्रियंकाभन्दा ११ वर्ष कान्छा निक, मुम्बईमा इन्गेजमेन्ट

प्रियंकाभन्दा ११ वर्ष कान्छा निक, मुम्बईमा इन्गेजमेन्ट

अन्ततः बलिउड अभिनेती प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले आफ्नो प्रेम सम्बन्धलाई औपचारिक रुपमा सार्वजनिक गरेका छन्। मुम्बईस्थित प्रियंकाको...

कमेडी र एक्सनलभस्टोरीको वर्चस्व

कमेडी र एक्सनलभस्टोरीको वर्चस्व

सातामा दुईदेखि तीनवटा फिल्म रिलिजको निरन्तरता चलिरहँदा शुक्रबारबाट चार फिल्म ‘ब्ल्याक’, ‘जय शम्भु’, ‘मिष्टर भर्जिन’ र ‘बाह्रमासे’ एकसाथ प्रदर्शनमा आउँदैछन्।

ट्रेलरमा ‘मेरी मामु’

ट्रेलरमा ‘मेरी मामु’

आमा र बच्चाको सम्बन्ध प्रस्तुत गरिएको फिल्म ‘मेरी मामु’को ट्रेलर सार्वजनिक भएको छ । ललितपुरको जावलाखेलस्थित डिएभी स्कुलमा बिहीबार विद्यार्थीमाझ...