१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

अनुमतिबिनै धमाधम भर्ना

वीरेन्द्रनगर–४ मा स्थापना गरिएको समता स्कुल। तस्बिरः नगेन्द्र उपाध्याय/नागरिक

सुर्खेत – देशभर सस्तो शुल्कमा विद्यार्थी अध्ययन गराएर चर्चा कमाएको समता स्कुलले सुर्खेतमा भने अनुमति बिनै धमाधम भर्ना लिइरहेको छ। चालू शैक्षिकसत्रदेखि समताले सुर्खेतमा नर्सरीदेखि एक कक्षासम्म भर्ना सुरु गरेपनि सम्बन्धित कार्यालयबाट अनुमति लिएको छैन्। विद्यालय सञ्चालनका लागि सम्बन्धित स्थानीय तहबाट अनुमति लिनुपर्ने प्रावधान छ।

वीरेन्द्रनगर नगरपालिका–६ मा विद्यालय सञ्चालन गर्ने भन्दै नगर शिक्षा समितिमा निवेदन दिएको समताले वीरेन्द्रनगर–४ मा विद्यालय स्थापना गरेको छ। नगर शिक्षा समितिले चालू शैक्षिकसत्रका लागि कुनै पनि विद्यालयलाई अनुमति दिएको छैन्। नगर शिक्षा शाखाका प्रमुख गजेन्द्र जिसीले समताले अनुमति बिनै विद्यार्थी भर्ना गरिरहेको बताए।

देशभर सस्तो शुल्कमा विद्यार्थी अध्ययन गराएर चर्चा कमाएको समता स्कूलले सुर्खेतमा भने अनुमति विनै धमाधम भर्ना लिइरहेको छ।

‘हामीले तत्काल भर्ना रोक्न निर्देशन दिएपनि समताले अटेर गरेर भर्ना लिइरहेको छ’ उनले भने, ‘अनुमति बिना विद्यालय सञ्चालन गर्न पाइदैन्।’ उनले भर्ना रोक्न निर्देशन दिँदा प्रधानमन्त्री र मन्त्रीको हवला दिएर विद्यालय सञ्चालकले धम्क्याएको आरोप पनि लगाए।

उनले वीरेन्द्रनगर–६ को वडा कार्यालयको का आधारमा अनुगमनका लागि गएपनि विद्यालय फेला पार्न नसकेको बताए। उनले समताले हाल सञ्चालन गरिरहेको वीरेन्द्रनगर–४ को विद्यालय भवन पनि मापदण्डविपरित रहेको बताए। ‘वीरेन्द्रनगर–४ मा समता स्कुल सञ्चालन भइराखेको जानकारी आएपछि अनुगमनका लागि गएका थियौं’ उनले भने, ‘विद्यार्थी पढाउनका लागि त्यो उपयुक्त छैन्।’

समता स्कुलका सञ्चालक दिपक संजेलले नर्सरी, केजी र यूकेजीको अनुमति लिइएको दाबी गरे । ‘कक्षा एकको अनुमति लिनका लागि प्रक्रिया अघाडि बढाएका छौं’ उनले भने, ‘केही निजी विद्यालयको दवावमा सरोकारवाला कार्यालयले अनुमति दिन मानिरहेको छैन्।’ उनले वीरेन्द्रनगर–६ मा विद्यालय सञ्चालनका लागि नगर शिक्षा शाखामा निवेदन दिएपनि घर मालिकको व्यक्तिगत समस्याका कारण वीरेन्द्रनगर–४ मा सार्नुपर्ने बाध्यता आएको बताए।

सञ्चालक संजेलले नगर शिक्षा शाखाले विद्यालय सञ्चालनका लागि अनुमति नदिए सिधै ‘केन्द्रबाट’ ल्याइने बताए। ‘योे फरक किसिमको विद्यालय हो, त्यसैले अनुमति पाउनेमा हामी ढुक्क छौं’ उनले भने, ‘स्थानीय तहले नदिए केन्द्रबाट अनुमति ल्याउँछौं।’ गत शैक्षिकसत्रसम्म ४४ जिल्लामा विद्यालय सञ्चालन गरेको समताले चालू शैक्षिकसत्रदेखि ७७ वटै जिल्लामा विद्यालय सञ्चालन सुरु गरेको छ।

प्रकाशित: ६ वैशाख २०७५ १०:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App