मध्यराति बिस्केट जात्रामा ढुंगा हान्ने १३ पक्राउ

बिहिबार, ०६ बैशाख २०७५, १६ : १४ नागरिक

132


भक्तपुर – भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको अन्तिम रात अर्थात् विहीबार बिहान २ः१५ बजे भक्तपुर नगरपालिका–३ तौमढीमा जात्राको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई लक्ष्य गरी ढुंगा हानेर जात्रा बिथोल्न खोजेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भक्तपुर–२ खसीबजार बस्ने २२ वर्षीय विजय सुवाल, २६ वर्षीय सुमन कासुला, भक्तपुर–१० कमलविनायक बस्ने २३ वर्षीय मनिष मकाजु, ३१ वर्षीय सुनिल गुरुङ, भक्तपुर–४ बस्ने १८ वर्षीय मनिष छुकाँ, १८ वर्षीय सन्नी छुकाँ, २८ वर्षीय अर्जुन गपी, २२ वर्षीय लम्मीप्रसाद दुवाल, भक्तपुर–५ इताछें बस्ने २६ वर्षीय सुरेन्द्र देशेमरु, १८ वर्षीय सशिस पन्च र भक्तपुर–३ नासमना बस्ने ३८ वर्षीय सबिन श्रेष्ठ रहेका छन्। 

त्यस्तै, जात्रामा हतियारसहित सहभागी भएर जात्रा बिथोल्न खोजेको आरोपमा प्रहरीले भक्तपुर–४ सुकुलढोका बस्ने १८ वर्षीय साजन माक र सूर्यविनायक नपा–६ बस्ने १६ वर्षीय समन भेलेलाई खुकुरी र हातमा लगाउने औँठी जस्तो नोकसमेत लिई जात्रा अशान्त बनाउन खोजेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ परेका सबैमाथि थप अनुसन्धान जारी राख्दै कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक मदन केसीले जानकारी दिए। 







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

मिसेस मकवानपुरको ताज मेलिनालाई

मिसेस मकवानपुरको ताज मेलिनालाई

मिसेस मकवानपुर २०१८ का १३ प्रतिष्पर्धीलाई पछी पार्दै मेलिना राना मगरले उपाधि जतेकी छिन्। हेटौंडामा शुक्रबार राती सम्पन्न प्रतियोगिताको फाइनलमा...

प्रियंकाभन्दा ११ वर्ष कान्छा निक, मुम्बईमा इन्गेजमेन्ट

प्रियंकाभन्दा ११ वर्ष कान्छा निक, मुम्बईमा इन्गेजमेन्ट

अन्ततः बलिउड अभिनेती प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले आफ्नो प्रेम सम्बन्धलाई औपचारिक रुपमा सार्वजनिक गरेका छन्। मुम्बईस्थित प्रियंकाको...

कमेडी र एक्सनलभस्टोरीको वर्चस्व

कमेडी र एक्सनलभस्टोरीको वर्चस्व

सातामा दुईदेखि तीनवटा फिल्म रिलिजको निरन्तरता चलिरहँदा शुक्रबारबाट चार फिल्म ‘ब्ल्याक’, ‘जय शम्भु’, ‘मिष्टर भर्जिन’ र ‘बाह्रमासे’ एकसाथ प्रदर्शनमा आउँदैछन्।

ट्रेलरमा ‘मेरी मामु’

ट्रेलरमा ‘मेरी मामु’

आमा र बच्चाको सम्बन्ध प्रस्तुत गरिएको फिल्म ‘मेरी मामु’को ट्रेलर सार्वजनिक भएको छ । ललितपुरको जावलाखेलस्थित डिएभी स्कुलमा बिहीबार विद्यार्थीमाझ...