४ वैशाख २०८१ मंगलबार
समाज

अन्तर्राष्ट्रिय अपराध कम गर्न 'अपरेशन मन्डला'

काठमाडौं – इन्टरपोलबाट प्राप्त सूचनाको आधारमा अन्तर्राष्ट्रिय अपराधको रोमथाम गर्ने उद्देश्य सहित तयार गरिएको अपरेशन मन्डला कार्यक्रम शुरु भएको छ ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलिया र प्रहरी उपरीक्षक प्रेम चन्दले  मंगलबार उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन्। 

दक्षिण एसिया तथा दक्षिण पूर्वि एसियाका विभिन्न ८ देशहरूमा हराएका तथा चोरी भएका राहदानीहरुको प्रयोगबाट अन्तर्राष्ट्रियरुपमा हुने संगठित अपराध, मानव तस्करी तथा आतंककारी रुपमा हुने संगठित अपराध रोक्न इन्टरपोल, नेपाल प्रहरी र अध्यागमन विभागको सहभागितामा उक्त कार्यक्रम सुरुवात गरिएको हो। कार्यक्रममा इन्टरपोलबाट प्राप्त सूचनाको प्रयोग गरी आवागमन तथा बर्हिगमन हुने व्यक्तिहरुको अभिलेख जाँच गरिन्छ। 

यो कार्यक्रम हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र अध्यागमन कार्यालय बेलहिया रुपन्देहीमा मंगलबारदेखि आगामी वैशाख १३ गतेसम्म पाइलट प्रोजेक्टको रुपमा संचालन गरिने जनाइएको छ। 

कार्यक्रममा इन्टरपोल इन्टिग्रेटेड बोडर म्यानेजमेन्ट टास्क र्फोसका संयोजक ह्विक लि लगायत अध्यागमन विभाग एवम् नेपाल प्रहरीका अधिकृतहरूको समेत उपस्थिति रहेको थियो।

प्रकाशित: ६ वैशाख २०७५ ०७:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App