coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

‘एक बच्चा भर्ना मेरो सामाजिक दायित्व’ अभियान

खोटाङ – विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउनका लागि खोटाङमा ‘एक बच्चा भर्ना मेरो सामाजिक दायित्व’ अभियान सञ्चालन गर्ने तयारी गरिएको छ। विद्यालय जाने उमेर समूहका बालबालिकालाई अनिवार्य बिद्यालयमा ल्याएर भर्ना अभियानलाई सफल बनाउनका लागि बुधबार जिल्ला समन्वय समितिका संयोजक बबी चामलीङको अध्यक्षतामा बसेको बैठकले ‘हरेक सचेत व्यक्तीले अनिवार्य एक बच्चा भर्नाको जिम्मा लिने’ अभियान चलाउने निर्णय गरेको हो।

‘हामी सबैको इच्छा, अनिवार्य निशुल्क आधारभुत शिक्षा’ भन्ने नाराका साथ बैसाख २ गतेदेखि दुई नगरपालिका र आठ गाउँपालिकामा सञ्चालन भइरहेको भर्ना अभियानलाई थप प्रभावकारी बनाउने विधिको खोजी गर्नेक्रममा एक जना बच्चालाई विद्यालय भर्ना गर्ने अभियानलाई सामाजिक उत्तरदायित्वकारुपमा ग्रहण गर्ने निर्णय गरिएको शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख (जिल्ला शिक्षा अधिकारी) धनबहादुर श्रेष्ठले बताए।

‘शिक्षाबाट कोही बञ्चित नहुन्’ भन्ने लक्ष्यलाई सार्थक बनाउनका लागि बैसाख १० गते श्रीमाबि बासबोटेबाट एक बालकको अभिभावकत्व ग्रहण गर्ने अभियान थालिने भएको छ। विद्यालय उमेर पुगेका तर विद्यालय बाहिर रहेका तथा भर्ना गरे पनि विद्यालय छाड्ने सिमान्तकृत समुदायका बालबच्चाको वर्षभरीको खर्च नै व्यहोर्नेगरी अभिभावकत्व ग्रहण गर्ने निर्णय गरिएको हो। उमेर पुगेका बालबालिकालाई प्रारम्भिक बाल शिक्षा कक्षामा भर्ना गराउने तथा भर्ना भएका विद्यार्थीलाई नियमित आउने र वर्षभरी टिक्ने वातावरण सिर्जना गर्न पोशाक, शैक्षिक सामग्री लगायतको खर्च नै बेहोर्नेगरी भर्ना अभियान चलाइने शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख (जिल्ला शिक्षा अधिकारी) श्रेष्ठले बताए।

भर्ना अभियानकाक्रममा जिल्लाका अभिभाबक आफ्ना बालबच्चालाई विद्यालयमा भर्ना गरिरहेका छन्। भर्ना अभियानकाक्रममा विद्यालय उमेर समुहका बैयक्तिक विबरण संकलन गर्ने, विद्यार्थीलाई भर्ना गरी स्वागत गर्ने र भर्ना हुन नआएका बालबालिकालाई भर्ना गराउन आवश्यक पहल गर्ने, भर्ना भएका बिद्यार्थीलाई पठन–पाठन सुरु हुनु अगावै पाठ्यापुस्तकको नयाँ सेट उपलव्ध गराउने लगायतका कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरिएको जनाइएको छ।

प्रकाशित: ६ वैशाख २०७५ ०६:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App