७ वैशाख २०८१ शुक्रबार
खेल

प्रिमियर लिगः म्यानचेष्टर युनाइटेड विजयी

बर्नमाउथविरुद्ध बल अगाडि बढाउदै युनाइटेडका फेलाइनी।

इङल्याण्ड – इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेड विजयी भएको छ।  

प्रतियोगिताअन्तर्गत बुधबार राति सम्पन्न खेलमा युनाइटेडले बर्नमाउथलाई २–० ले पराजित गरेको हो। युनाइटेडको जितमा २८ औं मिनेटमा क्रिस स्मलिङ र ७० औं मिनेटमा रोमेलु लुकाकुले गोल गरे।

युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्होले बर्नमाउथसँगको खेलमा सातजना खेलाडी परिवर्तन गरेका थिए।

जितसँगै युनाइटेड ३४ खेलबाट ७४ अंक जोडदै अंक तालिकाको दोस्रो स्थानमा यथावत् छ। यो सिजनको प्रिमियर लिगको उपाधि भने म्यानचेस्टर सिटीले जितिसकेको छ। सिटीको ३३ खेलबाट ८७ अंक छ।

प्रकाशित: ६ वैशाख २०७५ ०४:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App