५ वैशाख २०८१ बुधबार
समाज

बेलायतबाट आदिम थलो खोज्दै क्होलासोंथर

लमजुङ – बेलायतबाट आएको एक टोली गुरुङ जातिको आदिम तथा ऐतिहासिक थलो क्होलासोंथर पुगेका छन्।

तमु धीं युकेको नेतृत्वमा हाल बेलायतमा रहेका ४७ जनाको समूह बुधबार लमजुङको क्होलासोँथर पुगेको हो।

क्होलासोंथरको ऐतिहासिक पहिचान खोज्न र यसको यथार्थ जानकारीका लागि क्व्होलासोंथरको अध्ययन भ्रमण गरिएको तमु धीं युकेका अध्यक्ष ज्ञाम गुरुङले बताए। यस भ्रमणले गुरुङ जातिको पैत्रिक थलो र ऐतिहासिकस्थलबारे थप जानकारी हुने र इतिहासको अनुसन्धानका लागि थप सहज हुने उनको भनाइ छ।

‘हाम्रो पैत्रिक थलो, आदिम थलो, ऐतिहासिक थलो हेर्न र यसबारे केही गर्न सकिन्छ कि भनेर हामीले भ्रमण गरेका हौँ’ गुरुङले भने। टोलीमा लमजुङ, कास्की, स्याङ्जा, पर्वत, गोरखालगायत पुख्र्यौली गाउँ घर भई हाल बेलायत बस्दै आएका गुरुङ समुदायको सहभागिता रहेको छ। क्होलासोंथरमा पुगेर गुरुङ जातिको आदिम तथा ऐतिहासिक थलोको अवलोकन तथा अध्ययन गर्ने तमु धीं युकेका अध्यक्ष ज्ञाम गुरुङले बताए।

क्होलासोंथरलाई सरकारले विश्व सम्पदा सूचीमा राखेर यसको संरक्षण र सम्वद्र्धनमा जोड दिनुपर्ने उनीहरुले बताएका छन्। यस्ता ऐतिहासिकस्थलको संरक्षण सम्वद्र्धन हुनसके यहाँको पर्यटन प्रवद्र्धन र विकासमा सहयोग पुग्ने उनीहरुको धारणा छ।

उनीहरु पोखराबाट बेँशीशहर हुँदै घलेगाउँ, घनपोखरा, भुजुङ हुँदै क्होलासोँथर पुगेका हुन्। भुजुङसम्म जीप चढेर यात्रा गरेको टोलीले भुजुङबाट भने लेकको बाटो हुँदै चार दिन पैदलयात्रा गरेको थियो। क्होलासोंथरबाट कास्कीको सिक्लेस, ताङतिङ भएर आठौँ दिनमा पोखरा पुगेर यात्रा टुंगिने भ्रमण टोलीका संयोजक एवं तमु धीं युकेका सल्लाहकार एकेन्द्र गुरुङले बताए।

टोलीलाई तमु ह्यूला छोंज धीं, गुरुङ राष्ट्रिय परिषद् लमजुङ, दक्षिण एशियाकै नमूना घलेगाउँ, तमु प्ये ल्हु संघ, पोंचुकों, भुजुङस्थित युम्पो विकास आमा समूह र लालीगुराँस युवा क्लबले छुट्टाछुट्टै स्वागत गरेका थिए। रासस

प्रकाशित: ६ वैशाख २०७५ ०४:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App