८ वैशाख २०८१ शनिबार
कला

थिएटर ग्यारेजमा बाल नाटक

काठमाडौं– अभिनयको प्रशिक्षण लिइरहेका बालबालिकाहरुले एकै मञ्चमा एकै दिन तीन नाटक मञ्चन गरेका छन् । उनीहरुले आफ्ना आमाबुबाको स्नेह र कमजोरी दुवैलाई अभिनयमार्फत प्रस्तुत गरेका हुन्।

थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) र थिएटर मलले गरेको आयोजना गरेको अभिनय तथा नाट्य कार्यशाला ‘लिटल थिएटर ग्यारेज’को चौथो संस्करणको समापनमा उनीहरुले शान्तदास मानन्धरको ‘म जोकर बन्छु’ र लोककथामा आधारित नाटक ‘टोपी’ र ‘मुसाको कथा’ मञ्चन गरेका थिए । नाटकमा उनीहरुले अभिभावकसामु आफ्नो स्नेह र गुनासो पोखे ।
बालबालिकाहरुले १५ दिने कार्यशालामा दश दिन अभिनय र नाटकका प्रक्रियाहरु बुझेर पाँच दिनमा तीन नाटक तयार पारेका थिए।

५ देखि १५ वर्षसम्मका २९ जना बालबालिका सहभागी भएको कार्यशाला नाटक ‘म जोकर बन्छु’ र ‘टोपी’को निर्देशन टिसीसी नेपालका कला निर्देशक केदार श्रेष्ठ र ‘मुसाका कथा’को निर्देशन थिएटर मलका प्रबन्ध निर्देशक इलिना नकर्मीले गरेकी थिइन् । समापनमा कार्यशालाका संयोजक सञ्जिता पराजुलीले नृत्य प्रस्तुत गरिन्।नाटक ‘म जोकर बन्छु’मा अभिभावकको स्नेहभन्दा पनि दबाब बेहोर्नुपरेको बालकले आफ्नो बुबाले सकर्समा जोकरको चर्तिकला हेरेर खुसी भएपछिको प्रभाव प्रस्तुत गरिएको थियो।

लोककथामा आधारित नाटक ‘टोपी’मा आमाले मायाको ऊन र ममताको कुरुस चलाएर बुनेको टोपीको अन्य कुनै पनि मुल्यवान र महंगा टोपी वा सामाग्रीस“ग तुलना नहुने सन्देश थियो। नाटक ‘मुसाको कथा’मा मुसाहरुको परिवारमा सानादेखि ठूलासम्मले सबैले आ–आफ्नो कामको जिम्मेवारी लि“दै मिलिजुली खुसीसाथ जीवनयापन गरेका दृश्यहरु मञ्चमा प्रस्तुत भएका थिए ।हरेक वर्ष अप्रिल २ बाट हुने कार्यशाला बाल रंगमञ्चसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘आसितेज इन्टरनेशनल’को नेपाल सेन्टर आसितेज नेपालको सहकार्यमा विगत चार वर्षदेखि हु“दै आएको छ।

लैनचौरस्थित नेपाल जापान बाल पुस्तकालयमा भएको कार्यशालामा आख्यान पुडासैनी, अदिती पौडेल, अनसुया पौडेल, अनमोल धरेल, अनमोल खनाल, अनुप पुरी, अर्विन खड्का, आर्यन जोशी, आर्यन पौडेल, असिम त्वनबसु, बिराज भट्टराई, डेनियल डंगोल, गायत्री श्रेष्ठ, हिमांसु उप्रेती, कृती भट्टराई, मेघमाला श्रेष्ठ, न्हूजला श्रेष्ठ, निपूर्ण पौडेल, प्रशान्त कोइराला, प्रिन्स सिलवाल, क्वीनसम जोशी, सक्षम श्रेष्ठ, सम्मान महर्जन, सम्यक न्यौपाने, सम्श्रीती थापा, श्रेया गिरी, सुजित गिरी, सुशान्त कोइराला र यशोसिका डंगोल सहभागी थिए।
 

प्रकाशित: ६ वैशाख २०७५ ०१:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App