coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

व्यापार सँगसँगै सामाजिक सेवा

लन्डनमा आयोजित कमनवेल्थ बिजनेस फोरममा बोल्दै चौधरी।

काठमाडौं– चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले व्यापार र सामाजिक सेवा सँगसँगै अगाडि बढाउनुपर्नेे बताएका छन्।

लन्डनमा आयोजित कमनवेल्थ बिजनेस फोरममा बोल्दै अध्यक्ष चौधरीले पहिले पैसा कमाउँ अनि मात्र समाज सेवा गरौंला भन्ने सोंच त्याग्नु पर्नेमा विश्वका बिजनेस लिडरहरूको ध्यानाकर्षण गराए।

‘बिजनेस र सामाजिक कामहरू एकपछि अर्को होइन सँगसँगै अगाडि बढाउनुपर्छ । जुन समाजले हामीलाई बिजनेस गर्ने वातावरण दिएको छ त्यसका लागि हामीले मुनाफाको निश्चित अंश फिर्ता गर्न सक्नुपर्छ,’ चौधरीले भने।बेलायती राजकुमार विलियम, माइक्रोसफ्टका सस्थापक विल गेट्सलगायत विश्वका प्रभावशाली बिजनेस लिडरहरू उपस्थित कमनवेल्थ विजनेश फोरममा नेपालबाट अध्यक्षचौधरी सहभागी थिए।

कमनवेल्थमा आवद्ध विश्वका ५२ मुलुकका राष्ट्र प्रमुखहरूको बैठकसँगै बिजनेस फोरम आयोजना गरिँदै आएको छ । यसपटक बेलायती महारानीले यो बैठक आयोजना गरेकी हुन् । अप्रिल १६ मा सुरू भएको बिजनेस फोरम १८ तारिखमा समापन हुने कार्यक्रम छ । चौधरी ग्रुप कमन वेल्थ इन्टरप्राइज एन्ड इन्भेस्टमेन्ट काउन्सिलको सदस्य हो ।‘परोपकार पैसा होइन, समाजका लागि दिगो योगदान गरौं भन्ने व्यक्तिगत प्रतिबद्धता हो,’ अध्यक्ष चौधरीले भने, ‘सामाजिक कामलाई पैसामा नाप्नुभन्दा त्यसबाट समाजको सकारात्मक रूपान्तरणमा के योगदान पुग्न सक्यो भन्ने दृष्टिकोणबाट हेरिनुपर्छ।’

समाज सेवामा गरिएको खर्चको प्रतिफलका विषयमा पनि गम्भिरतापूर्वक समिक्षा आवस्यक देखिएको धारणा उनले राखेको ग्रुपले जनाएको छ । गैरसरकारी सस्थाहरूमार्फत् अतिकम विकसित मुलुकमा गरिएको लगानीबाट अपेक्षित उपलब्धी हासिल हुन नसकिरहेको महसुस गरिएको बेला अध्यक्ष चौधरीले विश्वब्यापी फाउन्डेसनमा योगदान पुर्‍याइरहेका बिजनेस लिडरहरूको ध्यानाकर्षण गराएका हुन्।
 

प्रकाशित: ६ वैशाख २०७५ ००:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App