बेइजिङमा नेपाल र चीनबीच नयाँ सहमति

बुधबार, ०५ बैशाख २०७५, २२ : २२ नागरिक

काठमाडौं- नेपाल र चीनले साझा समृद्धि र सम्पर्क विस्तारका निम्ति सीमापार बहुआयामिक यातायात सम्पर्क सञ्जाल विकास हुनुपर्नेमा जोड दिएका छन्। नेपाल र चीनबीच बुधबार बेइजिंगमा भएको परराष्ट्रमन्त्रिस्तरीय वार्तामा दुवै देशले साझा समृद्धि र सम्पर्क विस्तारका निम्ति सीमापार बहुआयामिक यातायात सम्पर्क सञ्जाल विकासमा समान धारणा व्यक्त गरेका हुन्। 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका चिनियाँ समकक्षी वाङ यी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तामा दुवै देशका मन्त्री आपसी सम्बन्ध अतिआत्मिय रहेकामा प्रशन्नता प्रकट गर्दै त्यसलाई नयाँ उचाइमा पु-याउन सहमत भएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालका बेला तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएका सम्झौतासहित विगतमा नेपाल र चीनबीच भएका सबै सम्झौता तथा समझदारीलाई तीव्र गतिमा कार्यान्वयन गर्न दुवै पक्ष सहमत भएका बेइजिंगस्थित नेपाली राजदूतावासले जनाएको छ। 

त्यसैगरी चीन सरकारको सहयोगमा सञ्चालित परियोजनाको प्रभावकारी कार्यान्वयन एवं सहजीकरणका लागि समन्वय तथा कार्यान्वयन संयन्त्र गठन गर्ने सहमति भएको छ। 

भौतिक पूर्वाधार निर्माण, यातायात सञ्जाल, व्यापार, पर्यटन तथा जनता–जनताबीचको सम्बन्ध विस्तारलाई मूर्तरुप दिन चीनले अघि सारेको एक क्षेत्र एक मार्ग प्रयास (बिआरआइ)बाट सम्भव हुनेमा दुवै देशका परराष्ट्रमन्त्रीले समान धारणा व्यक्त गर्नुभएको थियो । बिआरआइअन्तर्गतका सहायता परियोजना चयन गर्न पनि दुवै देश सहमत भएका छन्। 

केरुंग–काठमाडौँ, काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयारीबारे पनि दुवै देशबीच गहन छलफल भएको उक्त दूतावासले जनाएको छ। दुईपक्षीय संयन्त्रका बैठक नियमितरुपमा आयोजना गर्न तथा सम्झौता वार्तालाई निरन्तरता दिन पनि दुवै देशले सहमति जनाएका छन्। 

वार्तामा मन्त्री ज्ञवालीले भविष्यमा नेपाल र चीनबीच थप सीमा नाका खोल्नुपर्ने तथा रसुवागढी र तातोपानी नाकाको स्तरोन्नतिमा जोड दिएका थिए। साथै उनीहरुबीच तातोपानी नाका शीघ्र सञ्चालन गर्ने सम्बन्धमा पनि छलफल भएको थियो। 

मन्त्री ज्ञवालीले नेपालको चीनतर्फको व्यापार बढोत्तरी तथा बढ्दो व्यापार असन्तुलन घटाउन गरेकाे अाग्रहलाई सकारात्मकरुपमा ग्रहण गर्दै चीनका विदेशमन्त्री बाङले नेपाली उत्पादनलाई चिनियाँ बजारमा सहज पहुँच उपलब्ध गराउने आश्वासन दिनुका साथै चीनले अवलम्बन गरेका सुधार तथा खुला व्यापारका नीतिबाट फाइदा दिन आह्वान गरे। रासस








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad