लागुऔषध नियन्त्रणमा सामूहिक प्रयासको खाँचो

बुधबार, ०५ बैशाख २०७५, २२ : १४ नागरिक

274


काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागुऔषध नियन्त्रणका लागि सामूहिक प्रयासको खाँचो रहेको बताएका छन्।

प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित ‘लागुऔषध अपराधको वर्तमान अवस्था र प्रभावकारी रोकथामका उपाय’ विषयक गोष्ठीमा उनले लागुऔषधमा संलग्न अपराधीलाई प्रहरीले पूर्ण लगावका साथ खटिएर स्थानीय निकायसँग समन्वय गरी निर्मूल गर्नुपर्ने बताए। “विद्यालय, क्याम्पस स्थानीय तह र सीमावर्ती क्षेत्रमा तत्काल जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ,”– उनले भने। 

लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक ठूले राईले लागुऔषध नियन्त्रण तथा रोकथाममा अझ संवेदनशील भएर लाग्नुपर्ने बताए। उनले लागुऔषधको वर्तमान अवस्था, चुनौती तथा समस्या, सुधारका प्रयास र भावी रणनीतिसम्बन्धी प्रस्तुतीकरण गरेका थिए। 

गृह मन्त्रालय लागुऔषध शाखाका उपसचिव कृष्णप्रसाद शर्माले लागुऔषध माग न्यूनीकरणमा गर्न सबै लाग्नुपर्नेमा जाेड दिए। कार्यक्रममा लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वर, केन्द्रीय विधिविज्ञान प्रयोगशाला महाराजगञ्ज, लागुऔषध शाखा कार्यालय विमानस्थल, महेन्द्रनगर, नेपालगञ्ज, पोखरा, भैरहवा, वीरगञ्ज र विराटनगरबाट लागुऔषधको वर्तमान अवस्था र चुनौतीका विषयमा प्रस्तुतीकरण दिइएको थियो। 







यसमा तपाईको मत

अन्य समाचार

Mbps र MBps को भिन्नता

Mbps र MBps को भिन्नता

इन्टरनेट स्पिड र फाइलको साइजको विषयमा Mb र MB को प्रयोग गर्दा प्रविधिको ज्ञान नभएका धेरै व्यक्तिहरु झुक्किने गर्दछन् |

घरेलु उपकरणका लागि वास्तु

घरेलु उपकरणका लागि वास्तु

घरमा कुन विद्युतीय उपकरण कता र कसरी राख्ने भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । ...

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

जाडो महिना नजिकिँदै गर्दा गिजर खरिद गर्न चाहनेको संख्या पनि बढ्दै जान्छ । तर राम्रोसँग नबुझी गिजर खरिद गरेमा आफैलाई...

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

दराजको वेबसाइटबाट उपलब्ध हुने ...

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट...

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वानप्लसले ६-६ महिनाको अन्तरालमा नयाँ फ्ल्याग्शिप स्मार्टफोन रिलिज गर्दै आइरहेको छ | ...

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलले गत राती भएको इभेन्टमा नयाँ आइप्याड, म्याकबुक एअर र अपडेट गरिएको म्याक मिनीको बारेमा जानकारी दिएको छ । ...

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

विश्लेषकका अनुसार अझै धेरै बिक्री हुनुपर्ने थियो । ...