८ वैशाख २०८१ शनिबार
राजनीति

मुख्यमन्त्री र मन्त्रीसहित प्रदेशसभाका पदाधिकारीको तलब सिफारिस, कसको कति ?

बुटवल– प्रदेश नम्बर ५ को मन्त्रिपरिषद बैठकले मुख्यमन्त्रीसहित मन्त्री तथा प्रदेश सभाका पदाधिकारी र सदस्यहरुको पारिश्रमिक सिफारिस गरेको छ। 

बुधबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्रीको ६० हजार ९७०, मन्त्रीहरुको ५२ हजार, राज्य मन्त्रीको ४९ हजार र सहायक मन्त्रीको ४७ हजार पारिश्रमिक सिफारिस गरेको छ। त्यस्तै, प्रदेश सभाका सदस्यसहित सभामुख, उपसभामुखको पनि पारिश्रमिक सिफारिस गरिएको छ। सभामुखको ५३ हजार र उपसभामुखको ५० हजार सेवा सुविधा सिफरिस गरिएको छ। 

त्यस्तै, प्रतिपक्ष र सत्ता पक्ष दुवैको तर्फबाट सभामा सचेतकको भुमिका निर्वाह गर्ने प्रदेश  सचेतकका लागि ४८ हजार र सांसदको ४५ हजार पारिश्रमिक सिफारिस गरिएको छ। मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले उल्लेखित तलब सुविधासहितको बिद्येयक बैशाख १२ गते बस्ने संसद बैठकमा पेश गर्ने निर्णय गरेको छ। प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यस्था गर्न बनेको बिद्येयक प्रदेश सभामा पेश  गर्ने निर्णय गरेको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री लिला गिरीले जानकारी दिए। मन्त्रिपरिषद् बैठकले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्ध व्यवस्था गर्न बनेको विद्येयक प्रदेश सभामा पेस गर्न स्वीकृत दिने निर्णय पनि गरेको छ। 

त्यस्तै प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको बिद्ययक पनि सदनमा पेश गर्ने निर्णय गरेको छ। प्रदेश सभा सचिवालयको सदस्य सचिव तोक्ने निर्णय पनि गरेको छ। बरिष्ठ अधिकृत मध्येबाट एक जनालाई सचिवालयको सदस्यसचिव तोक्ने निर्णय भएको मन्त्री गिरीले बताए। सचिवालयमाा सभामुख संयोजक उपसभामुख र सचेतक सदस्य र प्रदेश सभाले तोकेको बरिष्ठ अधिकृत सदस्य सचिव रहने व्यवस्था छ।

प्रकाशित: ५ वैशाख २०७५ १५:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App