युवा संघका अध्यक्ष पहारीद्वारा राजीनामा

बुधबार, ०५ बैशाख २०७५, २० : ३२ नागरिक

काठमाडौं- युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले पदबाट राजीनामा दिएका छन्। संघको जारी केन्द्रीय कमिटीको बैठकमा उनले उक्त पदबाट राजीनामा दिएको जानकारी गराए। 

गत मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा अध्यक्ष पहारी प्रदेश नं ४ अन्तर्गत कास्की क्षेत्र नं ३ को (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि संगठनको जिम्मेवारी हस्तान्तरण गर्न राजीनामा दिएको उनले जानकारी दिए।

विसं २०७२ असोजमा संगठनको महाधिवेशन गर्ने जिम्मेवारीसहित नेतृत्वमा आएका पहारीले महाधिवेशनको समय दुई पटक तोकेर पनि प्राविधिक कारणले हुन सकेको थिएन। संगठनको केन्द्रीय कमिटीले नयाँ अध्यक्षको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्ने सम्भावना बढेको छ। 

संघका उपाध्यक्ष दीलु पन्त, सचिव नरेश शाहीलगायतले वाइसिएलसँग एकता गरी महाधिवेशनबाट नयाँ नेतृत्व निर्माण गर्नुपर्ने समयमा अध्यक्षले दिएको राजीनामाले संगठनमा लोकतान्त्रिक प्रणालीबाट नेतृत्व चयन हुन नसक्ने प्रतिक्रिया दिएका छन्। 

असन्तुष्ट पक्षले सर्वसम्मत् नेतृत्व चयन गर्ने नाममा नेतृत्व निकट व्यक्तिलाई अध्यक्षको जिम्मेवारी दिनका लागि हतास मानसिकताबाट अध्यक्षले पद त्यागको घोषणा गरेकामा चिन्ता व्यक्त गर्दै विधि र प्रक्रियाबाट नेतृत्व चयन नभएमा समानान्तर संगठन गठन हुनसक्ने बताएका छन्। 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad