७ वैशाख २०८१ शुक्रबार
राजनीति

गफ हाक्न होइन काम गर्न आएको हुँ : प्रधानमन्त्री ओली

सिरहा– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार गफ हाक्न नभई काम गर्न आएको टिप्पणी गरेका छन्। यो सरकार गफ गरेर चर्चा कमाउने भन्दा जनताको काम गर्न आएको उनको भनाई थियो।

सिरहाको कल्याणपुर नगरपालिका–११ का दुई दलित बच्चाको अभिभावकत्व ग्रहण गर्दै  प्रधानमन्त्री ओलीले रारामा तामाङ जातिको थिङ र सिरहामा खत्वे र डोम समुदायको बच्चालाई नाती बनाएर आफूले जातीय विभेदविरुद्धको अभियान सुरुवात गरेको बताए।

हिमाली जिल्लामा ९६/९७ प्रतिशत साक्षरता छ तर बाटोघाटो र सहज रुपले विद्यालय पुग्न सक्ने अवस्था भएको मधेसको जिल्ला सिरहामा १०० जनामा ६१ जनाले अक्षर नचिन्ने कहालीलाग्दो अवस्था देख्दा दुःख लागेको उनले बताए।

‘जुन ठाउँमा ६१ जनाले अक्षर चिन्दैनन् त्यो ठाउँमा राजनीतिका नगारा पिटेर(ढोल) जनतालाई भ्रमित बनाईन्छ’, उनले भने, यहाँका नेताले राजनीतिभन्दा विकास र शिक्षामा मेहनत गरे फलदायी हुन्छ।’

‘डोम, चमारलगायतका जातीलाई दलित भनेर बिभेद गर्ने दिने गयो उनले भने, ‘दुई दशकपछि डोम र चमार जातीका यी बालबालीका डाक्टर र इञ्जिनियर बन्छ।’ उनले थपे, ‘त्यसैगरी हाम्रो समाजमा दिदीबहिनीलाई बोक्सी भनेर आरोप लगाइन्छ, यदि कोही बोक्सी हुन्छन् भने मलाई बोक्सी लगाए हुन्छ।

‘मलाइ कुनै पैसा कमाउनु छैन, कुनै आफ्नो मान्छेलाई ठाउँमा लगाउनु पनि छैन’, प्रम ओलीले भने,‘यो सरकारले अब केवल सिंचाई, कृषि, स्वास्थ्य, रोजगारजस्ता जनअपेक्षीत काम गर्छ।

भ्रष्टाचार र अपराधलाई कडाईका साथ नियन्त्रण गर्ने सरकारको विशेष सुरक्षा नीति तयार भइरहेको उल्लेख गदै उनले भने, ‘जनतालाई आतंकित पार्ने, फिरौति माग्ने र अपहण गर्नेजस्ता अपाराधलाई कडाईका साथ नियन्त्रण गर्न सरकार दृढ छ। उनले भने, अब यो देशमा कोही खान नपाएर भोकभोकै र जाडोले कठ्याँग्रिएर मर्दैन। 

अब बिरोधका लागि बिरोध गर्नेका लागि ठाउँ छैन उनले भने, यो सरकारले विरोध गर्ने कसैलाई कुनै ठाउँ नै दिंदैन। सबैले मलाई मधेश विरोधी भने तर मधेसका जिल्लाबाट सबैभन्दा बढी मत मैले नै ल्याए। उनले थपे, सबैले मलाई साथ दिए,  कसैले विरोध गरेर पनि केही नहुँदो रहेछ। 

प्रकाशित: ५ वैशाख २०७५ १४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App