coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

क्यासिनोबाट आठ नेपाली पक्राउ

काठमाडौँ- महानगरीय प्रहरी परिसरले होटल सोल्टीमा रहेको मान्जोङ क्यासिनोमा जुवा खेल्ने र खेलाउने आठजना नेपालीलाई पक्राउ गरेको छ।

परिसरबाट खटिएको टोलीले गएराति जुवा खेलिरहेको अवस्थामा क्यासिनोका प्रबन्ध निर्देशक विनोद श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत ओम कर्माचार्यसहित आठ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मकवानपुरका विकल्प पोखरेल, ललितपुरका शंखर पौडेल, अरुण सेडार्इं, काठमाडौँका तेन्जिङ मेलेक, रञ्जित खड्गी र मुस्ताङका साङ्गे पासाङ ठकुरी रहेका छन्।

परिसरका प्रवक्ता मोहनकुमार थापाले नेपालीलाई प्रवेश निषेध गरिएको क्यासिनोमा छिरेर जुवा खेलिरहेको विशेष सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि प्रहरीले उक्त क्यासिनोबाट थुप्रै नेपालीलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो। रासस

 

प्रकाशित: ५ वैशाख २०७५ ११:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App