पर्यटन प्रवर्द्धधन गर्न काँकरभिट्टा–श्रीअन्तु पदयात्रा

बुधबार, ०५ बैशाख २०७५, १५ : २८ नागरिक

झापा – पर्यटन प्रवर्द्धधन गर्ने उद्देश्यले काँकरभिट्टादेखि इलामको श्रीअन्तुसम्म पदयात्रा गरिने भएको छ।

‘ग्रीन जेनेरेसन’ झापाको आयोजनामा ‘स्वास्थ्यका लागि हिँडाइको प्रचार, कृषि पर्यटन, स्थानीय संस्कृति र परम्पराको प्रवद्र्धन’ गर्ने उद्देश्यले ४२ किलोमिटर लामो उक्त पदयात्रा गर्न लागिएको हो।

पदयात्रामा नेपाल, भारत, बंगलादेश र भुटानका ७० जना पर्यटनविज्ञ तथा पत्रकार सहभागी हुने पदयात्रा कार्यक्रमका सञ्चार संयोजक सन्तोष सुवेदीले जानकारी दिए। वैशाख ७ गते काँकरभिट्टाबाट शुरु हुने तीन दिवसीय पदयात्राको पहिलो दिन सकलपुरमा बास बसेर दोस्रो दिन श्रीअन्तु पुग्ने तथा तेस्रो दिन बिहान सूर्योदयको दृश्यावलोकन गरी समाप्त हुनेछ।

पदयात्रा बाहुनडाँगी बजार–मिनिमाउण्टेन–कृष्णथुम्की हुँदै सकलपुर र सलकपुरबाट सिद्धिखोला र मेची खोलाको दोभानमा सामूहिक स्नान गरी सुङतुङ हुँदै श्रीअन्तु पुगेर समाप्त हुनेछ।

ग्रीन जेनेरेसनका अध्यक्ष अर्जुनकुमार कार्कीले सो पदमार्गमा रहेको जैविक विविधता र मेची करिडोरको अध्ययन गर्न पदयात्रा गर्न लागिएको बताए। “पदमार्गको पहिचान गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यदयात्रा गर्न लागिएको हो,” उनले भने,“पर्यटनको माध्यमबाट यहाँको आर्थिकस्तर उकासिने हामीले अपेक्षा गरेका छौं।”

पदयात्रा सम्पन्न गर्न ८ लाख २७ हजार अुनमानित खर्च हुने संस्थाका महासचिव पुष्कर ढकालले बताए। पदयात्राका आयोजनाका लागि झापाको मेचीनगर नगरपालिका, इलामको रोङ गाउँपालिका, सूर्योदय नगरपालिका, पर्यटन कार्यालय काँकरभिट्टा, शुभ चिया सहकारी संस्था, मिनि माउण्टेन पर्यटन विकास समितिलगायत संघ संस्था र व्यक्तिले आर्थिक सहयोग गरेका छन्।    (रासस)








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad