४ वैशाख २०८१ मंगलबार
खेल

अनुप स्मृति गोल्डकप वैशाख अन्तिम साता

अनुप स्मृति गोल्डकपको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन। तस्बिर: नागरिक

खोटाङ – खोटाङमा ३ लाख १६ हजार ६६६ धनराशिको अनुप स्मृति गोल्डकपको दोश्रो संस्करण आगामी वैशाख अन्तिम साता हुने भएको छ।

२०६९ साल जेठ १ गते ट्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका छात्र अनुप राईको स्मृतिमा आगामी वैशाख २६ गतेदेखि ३१ गतेसम्म अनुप स्मृति गोल्डकप खुला पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो।

व्यवसायिक खेलाडी उत्पादन गर्दै फुटबलको व्यवसायिकरणका लागि दिक्तेलको माटिकोरे खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १११, उपविजेता टिमले नगद ७५ हजार ५५५ र दुई सेमिफाइन लिस्टले नगद २५–२५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।

यस्तै, उत्कृष्ट डिफेन्डर, मिडफिन्डर, गोल रक्षक, स्ट्राईकर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, अनुशासित टिम, मेन अफ द टुनामेन्ट लगायत ८ विधालाई जनही ५ हजारका दरले पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताका संयोजक एवं माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका प्रिन्सिपल सागर जोशीले बताए।  

‘खोटाङको व्यवसायिक फुटबलको विकास, पर्यटन र व्यापार प्रवद्र्धन हाम्रो प्रयास’ भन्ने नारासहित करिव २५ लाख ४१ हजारको लागतमा प्रतियोगीता गर्न लागिएको हो। प्रतियोगितामा जिल्लाभित्रका उत्कृष्ट ९ टिम र जिल्ला बाहिरका पाँच टिमलाई अनिवार्य सहभागीता गराउने तयारी गरिएको सहसंयोजक एवं दिक्तेल फुटबल क्लवका अध्यक्ष सगुन ताम्राकारले बताए।

प्रकाशित: ५ वैशाख २०७५ ०६:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App