आँधीहुरीले महोत्तरीमा २ को मृत्यु

बुधबार, ०५ बैशाख २०७५, ११ : ३९ नागरिक

गौशाला – मंगलबार राति महोत्तरीमा आएको भीषण आँधीहुरीमा परी २ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कडायतका अनुसार गएराति ७ः३० बजेतिर आएको भीषण आँधीहुरीमा परेर जलेश्वर नगरपालिका–७ का जयराम सिंहकी पत्नी ३० वर्षीया सकुन्तलादेवी सिंहको मृत्यु भएको हो।

उनको आफ्नै आँगनमा रहेको कम्पाउण्डको पर्खाल ढल्दा च्यापिएर उनी गम्भीर घाइते भएपछि उपचारका लागि जलेश्वर अस्पताल ल्याइएको थियो भने जलेश्वर अस्पतालमा उनको प्राथमिक उपचारपश्चात् विशेष उपचारका लागि अञ्चल अस्पताल जनकपुर लगिएको र उपचारकै क्रममा उनको गएराति ९ः३० बजे मृत्यु भएको प्रहरी उपरीक्षक कडायतले बताए।

त्यस्तै, जिल्लाको भंगहा नगरपालिका–५ स्थित सीतापुर खोरिया सडकखण्डमा आँधीहुरी आएकै बेला बाटोमा हिँडीरहेका पहिचान नखुलेका एक पुरुष व्यक्ति सोही सडकखण्डमा रहेको बरको रुखमुनि लुक्न गएकोमा सोही बरको रुख उखेलिएर ढल्दा उनको च्यापिएर मृत्यु भएको प्रहरी उपरीक्षक कडायतले बताए।

नाम, थर, बतन नखुलेका चेक उनी धर्के टिशर्ट, रातो निलो हाप प्यान्ट र कालो प्लाष्टिकको जुत्ता लगाएको अन्दाजी ४०–४५ वर्षीय पुरुषको वरको रुखमुनि च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।    (रासस)

 








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad