१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनको आर्थिक वृद्धिदर अपेक्षा गरिएभन्दा बढी

बेइजिङ–चीनमा यसै वर्षको जनवरीदेखि मार्च महिनासम्ममा पूर्वानुमान गरिए भन्दा केही बढी अर्थात् ६ दशमलव ८ प्रतिशतको आर्थिक वृद्धि भएको छ।

चीनको आधिकारिक तथ्याङ्कअनुसार गत वर्षको पहिलो तीन महिनाको तुलनामा यो वृद्धिदर बढी हो । चीनले यस वर्ष अपेक्षा गरेको ६ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिदर हालको कूल ग्रार्हस्थ उत्पादनसम्बन्धी आँकडाभन्दा पनि बढी रहेको छ।

सार्वजनिक भएका विभिन्न तथ्याङ्कले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनलाई बलियो उपभोक्ता मागले साथ दिइरहेको देखाएको छ । तर चीनको अर्थतन्त्रलाई मुख्य रुपमा बढ्दो ऋणको अनुपातले असर पार्ने चिन्ता अझै कायम रहेको ठानिएको छ । चिनियाँ सरकारले बढ्दो ऋणलाई नियन्त्रण गर्ने र आर्थिक वृद्धिलाई बाधा नपुग्ने गरी घर जग्गा व्यवसायमा बढेको उच्च मागलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ।

सिंगापुरस्थित नोर्डिआ बैंकका चिनियाँ अर्थविद् एमी झुहाङले पहिलो चौमासिकको वृद्धिदरलाई ठोस उपलब्धि भन्दै घर जग्गा व्यवसायका कारण पछिल्लो सकारात्मक अवस्था विस्तारै कमजोर हुनसक्ने उल्लेख गरेकी छन् ।

आफ्नो प्रमुख व्यापारिक साझेदार संयुक्त राज्य अमेरिकासँग निर्यातको विषयलाई लिएर चुलिँदो तनावबीच चिनियाँ अर्थतन्त्रको पछिल्लो आँकडा सार्वजनिक भएको छ।यस्तो पृष्ठभूमिमा चीनको उच्च आर्थिक वृद्धिदर निर्यात दरका कारण खतरामा पर्न सक्ने अनुसन्धान कम्पनी टिएस लम्बार्डका चिनियाँ अर्थविद् बो झुहाङलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

उनले अमेरिका र चीनबीचको पछिल्लो व्यापारिक युद्धका कारण सेयर मार्केटमा अहिले नै खतराको संकेत देखिसकेको बताउँदै आफ्नो कम्पनी दुई देशले वार्तामार्फत् समाधान निकाल्ने विषयमा विश्वस्त रहेको बताएका छन् । अमेरिकाले चिनियाँ सामानमा बढाएको भन्सार शुल्क (ट्यारिफ)का कारण सन् २०१८ को चिनियाँ आर्थिक वृद्धिदरमा कस्तो प्रभाव पार्नेछ भनेर नजिकबाट हेरिने विभिन्न विश्लेषकहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

 

प्रकाशित: ५ वैशाख २०७५ ०४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App