coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

भारतका हर्षलाई उपाधि

काठमाडौं – भारतीय इन्टरनेसनल मास्टर हर्ष बर्थाकोटीले काठमाडौंमा सम्पन्न भएको ओपन अन्तर्राष्ट्रिय जीएम बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।

२४२४ रेटेड भारतीय इन्टरनेसनल मास्टर बर्थाकोटीले अन्तिम तथा नवौं चरणको खेलमा अजरबैजानका २५०४ रेटेड ग्रान्ड मास्टर अजर मिर्जोभसँग बराबरी खेल्दै ७.५ अंकका साथ उपाधि जितेका हुन्।

चैत २९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताका विजेता बर्थाकोटीले नगद दुई लाख रुपैयाँ पुरस्कार हात पारे । पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा भारतीय खेलाडी हर्षले ६ खेलमा जित हात पारेको थिए भने तीन खेलमा बराबरी खेल्दै अंक बाँडेका थिए ।  उपविजेता बनेका अजर मिर्जोभले पाँच खेलमा जित र ४ खेलमा बराबरी खेलका थिए । मिर्जोभले १ लाख २० हजार रुपैयाँ पुरस्कार पाए।

उता, समान ७ अंक बनाएका मिर्जोभसँग टाइब्रेकको आधारमा पछि पर्दै युक्रेनका २५४९ रेटेड ग्रान्ड मास्टर तार्लेभ कन्स्टेन्टिन तेस्रो बने । उनले ८० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । तार्लेभले अन्तिम तथा नवौं चरणको खेलमा भारतका २४१३ रेटेड इन्टरनेसनल मास्टर हिमाल गोसाईंसँग बराबरी खेलेका थिए।

यस्तै, भारतका २२८५ रेटेड इन्टरनेसनल मास्टर पी श्याम निखिल चौथो र इजरायलका २४९० रेटेड ग्रान्ड मास्टर ग्रिनफिल्ड अलोन पाँचौं स्थानमा रहँदै क्रमशः ५० र ३० हजार रुपैयाँबाट पुरस्कृत भए।

भारतकै इन्टरनेसनल मास्टर हिमाल गोसाईं छैटौं, रूसका ग्रान्ड मास्टर भोल्कोभ सर्गेइ सातौं, स्पेनका इन्टरनेसनल मास्टर भेगा मार्कोस आठौं, रूसका ग्रान्ड मास्टर अलेक्जेन्डर फोमिनी नवौं र भारतका ग्रान्ड मास्टर सन्दीपन चन्दा दशौं स्थानमा रहे।

एघारौंदेखि १५औं स्थानसम्म क्रमशः भारतका ग्रान्ड मास्टर दीपसेन गुप्ता, इन्टरनेसनल मास्टर प्रिन्स बजाज, नीलेश शाह, ग्रान्ड मास्टर श्रीराम झा, अंकित गज्वा रहे।

प्रकाशित: ५ वैशाख २०७५ ०४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App