४ वैशाख २०८१ मंगलबार
खेल

भिडालको शल्यक्रिया

बर्लिन एएफपी – बायर्न म्युनिखका प्रशिक्षक योप हाइनेक्सले घुँडाको शल्यक्रियाका कारण आर्टुरो भिडालले अर्को साता रियाल मड्रिडविरुद्ध हुने च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेग खेल्नेमा दुबिधा भएको बताएका छन्।

‘आर्टुरोको घुँडामा चोट छ,’ हाइनेक्सले भने, ‘उनको शल्यक्रिया गर्नुपर्ने बताइएको छ र उनी कति समय मैदानबाहिर बस्छन् भन्ने थाहा छैन।’

बायर्नले अप्रिल २५ मा हुने पहिलो लेगका लागि घरेलु मैदानमा साबिक विजेता रियाललाई आतिथ्यता प्रदान गर्नेछ भने मे १ मा दोस्रो लेगमा सान्टियागो बर्नाबेउ भ्रमणमा निस्कनेछ।

प्रकाशित: ५ वैशाख २०७५ ०४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App