coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मुग्लिन बस दुर्घटनामा मृत्यु हुने १८ को सनाखत

तस्विर: रमेश पाैडेल

चितवन— नारायणगढ–मुग्लिन सडकखण्डमा शुक्रबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये मध्ये १८ जनाको सनाखत भएको छ। दुर्घटनामा २१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

चितवन प्रहरीका अनुसार सनाखत भएका मृतकहरुमा रौतहटका चितरञ्जयन यादव, प्रमोद राम, राकेश यादव, बृजकिशोर कुसवाहा, गणेशकुमार साह, राजेशप्रसादयादव, जोग्गु साह, जोगेन्द्र गिरी, कामेश्वरप्रसाद, सेखसाजिद आलम, सचिनप्रसाद यादब र सन्ध्या श्रीवास्तव छन्। भारतीय नागरिकहरु छेकनठाकुर, शंकर ठाकुर, नथुनी चौधरी र रामसागर भगतको पनि सनाखत भएको प्रहरीले जनाएको छ।

बसका चालक पोखराका लोकराज पौडेलको पनि निधन भएको छ। पोखराकै चित्रबहादुर बोहराको पनि सनाखत भएको छ। घाइतेमध्ये १२ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। त्यस्तै चार जना घाइतेको भरतपुरको पुरनो मेडिकल कलेजमा उपचार भइरहेको छ।

पुरानो मेडिकल कलेजमा उपचार भइरहेकामध्ये रौतहटका सञ्जय साह, श्याम न्यौपाने र सुसान्त श्रीवास्तव छन्। सर्लाहीका अविनासकुमार चौधरीको पनि पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। चितवन मेडिकल कलेजमा रौतहटका रितेश ठाकुर, मिली साह, प्रिन्स साह, सेख मेराज र प्रमोद दास छन्। भारतसितावनीका सुगन्ती गुप्ता र राजेश गुप्ता, सुयता गुप्ता र आकास गुप्ता घाइते छन्।

धादिङका राजन पाण्डे र पोखराका दिपिका थापाको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। भारतका फेकु रामको पनि सोही अस्पतालमा उपचार भइरहेको चितवन प्रहरीले जानकारी दियो । रौतहटको गौराबाट पोखरा जाँदै गरेको ग १ ख ३७९० नम्बरको बस मुग्लिनतर्फ जाँदै त्रिशुली नदीमा खसेको थियो।

प्रकाशित: १० भाद्र २०७३ १२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App