७ वैशाख २०८१ शुक्रबार
खेल

महिला भलिबललाई शिवम्को साथ

काठमाडौं – शेरबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा हुने चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई शिवम् सिमेन्ट लिमिटेडले सह–प्रायोजकका रूपमा सघाउने भएको छ।

मंगलबार प्रतिष्ठान र शिवम् सिमेन्टबीच सहप्रायोजन सम्झौता भयो ।  प्रतिष्ठानकी संरक्षक गमली खड्का र शिवम् सिमेन्टका प्रोजेक्ट हेड निखिल अग्रवालले एक वर्षका लागि सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौताबमोजिम शिवम् सिमेन्टले सहप्रायोजन स्वरूप प्रतियोगिताका लागि ५ लाख रुपैयाँबराबरको सहयोग उपलब्ध गराउनेछ । जसमा ३ लाख नगद हुनेछ भने २ लाख आयोजनाका लागि खर्च गर्ने शिवम् सिमेन्टका प्रोजेक्ट हेड अग्रवालले जानकारी दिए।

अग्रवालले भने, ‘महिला शसक्तीकरणको मामलामा नो कम्प्रमाइज भन्ने सिद्धान्तअनुसार खेलकुद क्षेत्रका लागि सहयोग गर्न पाउँदा खुसी लागेको छ।’

यस्तै, प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले भलिबलसँगै खेलकुदको विकासका लागि निजी क्षेत्रको हौसला आवश्यकता भएकाले शिवम् सिमेन्टले भलिबलमा लगानी गरेर राष्ट्रिय खेललाई न्याय गरेकोमा आभार व्यक्त गरे।

केएनपी जापानको मुख्य प्रयोजनमा वैशाख २१ गतेदेखि २५ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुने प्रतियोगितामा तीन विभागीय टोलीसहित न्यु डायमन्ड एकेडेमी, पश्चिमाञ्चल भलिबल संघ र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले सहिभागिता जनाउँदै छन्।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन भने विधागत उत्कृष्टले नगद पाँच हजार रुपैयाँ हात पार्नेछन्।

प्रकाशित: ५ वैशाख २०७५ ०४:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App