coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

लुम्बिनीसम्म साइकल र्‍याली हुने

काठमाडौं – शान्ति र समृद्धि अभियानको उदेश्यसहित टुर डे लुम्बिनी पेडल फर पिस–२०१८ साइकल र्‍याली यही वैशाख १४ देखि १७ गतेसम्म हुने भएको छ।

टुर डे लुम्बिनीले मंगलबार पत्रकार सम्मेलन गरेर गौतम बुद्ध जयन्तीको अवसर पारेर बृहत् साइकल र्‍याली काठमाडाै‌ भगवान पाउबाट सुरु भई बुद्ध जन्मस्थल लुम्बिनीमा गएर सकिने टुर डे लुम्बिनीका उपाध्यक्ष मेघ आलेले जानकारी दिए।

र्‍यालीमा नेपाल र विदेशका गरी १ सय ५० भन्दा बढी साइकलयात्रीहरूले सहभागिता जनाउने आयोजकले जनाएको छ ।  ३ सय २५ किलोमिटर दूरी रहेको र्‍यालीमा साइकल यात्रीहरूले मकवानपुरको चित्लाङ, नवलपरासीको जहर, बुटवल र लुम्बिनीमा एक–एक दिन विश्राम गर्दै चौथो दिनमा गन्तव्यमा पुग्नेछन्।

यस्तै, टुर डे लुम्बिनीले विश्व सम्पदाहरूको पौराणिक, ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वहरू उजागर गर्दै संरक्षण र संवर्धनमा चेतनामूलक अभियान सञ्चालन गर्ने उद्देश्यले वैशाख ८ गते सम्पदा साइकल र्‍यालीसमेत गर्ने जनाएको छ । उक्त र्‍यालीमा ५ सय साइकल यात्रीले सहभागिता जनाउने आयोजकले जानकारी दियो।

प्रकाशित: ५ वैशाख २०७५ ०३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App