coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

युवराजको ‘देउरालीको फूल’

काठमाडौं – गीतकार युवराज अधिकारीको पहिलो गीति संग्रह ‘देउरालीको फूल’ बजारमा आएको छ । साहित्यमा पनि सक्रिय गीतकार अधिकारीको गीति संग्रहमा ६ वटा गीत छन । एल्बमका तीनवटा गीतको भिडियो समेत निर्माण भइसकेको छ।

सुरेश अधिकारीको एकल संगीत रहेको एल्बममा दीप श्रेष्ठ, रामकृष्ण ढकाल, स्वरुपराज आचार्य, प्रमोद खरेल र मिना निरौलाको स्वर  छ ।गीतकार अधिकारीले १६ वर्षकै उमेरमा ‘मेरा चित्कारहरु’ नामक कविता संग्रह प्रकाशन गरिसकेका छन् । इलामे गीतकार अधिकारीको एल्बम म्यूजिक संसार नेपालको प्रस्तुतिमा तयार भएको हो ।

 

प्रकाशित: ५ वैशाख २०७५ ०३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App