८ वैशाख २०८१ शनिबार
समाज

साथी बनाउन प्रहरी गाउँ गाउँमा

कृष्ण ओली

बाजुरा-प्रहरी मेरो साथी अभियानलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालयले बस्ती भेटघाट तथा सचेतना मुलक कार्यक्रमलाई प्राथमिकता दिन थालेको छ। नागरिक र प्रहरी बीचको सम्बन्ध प्रभावकारी बनाई सामाजिक शान्ति सुव्यवस्था कायम गर्न अभियानलाई गाउँ गाउँमा पुर्याउन प्रहरीले सक्रियता देखाएको हो।

प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले विभिन्न पक्षसँगको सहकार्य र समन्वयमा प्रत्येक बस्ती र गाउँमा पुगेर सचेतना दिने, छलफल गर्ने, अवैध मदिरा बन्द गर्न लगाउने जस्ता कार्य भईरहेको बताए।

प्रहरी र नागरिक बीचको सम्बन्ध नजिक नभएसम्म सामाजिक शान्ति सुरक्षा कायम गर्न नसकिने निष्कर्ष सहीत अभियानलाई प्रभावकारी बनाउने बोगटीले बताए। केन्द्रीय कार्यालयको निर्देशनमा अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले यतिबेला प्रत्येक गाउँ बस्ती, बजार, पसलसम्म पुर्याउन थालिएको छ।

शुक्रबारमात्र जिल्लाको जडागां, तिपाडा, रापक लगायतका बस्ती र गाउँ तथा बजारमा पुगेर अभियानबारे जानकारी गराईएको छ । सोही अवसरमा सवारी दुर्घटना जस्ता जोखिम न्यूनिकरण गर्न र रुप प्रमिट विना सवारी साधन चलाइएको पाइएमा समेत कारवाही गर्न प्रहरी सक्रिय देखिएको छ।

भेटघाटका क्रममा घरेलु हिंसा न्यूनिकरण, सामाजिक शान्ति, सद्भावका बारेमा जानकारी दिने गरिएको प्रहरी नायव उपरिक्षक दलबहादुर बोगटीले बताए । प्रहरी र नागरि बीच जति निकट सम्बन्ध भयो, अपराधका घटनाहरु कम हुने र लुक्न पनि पाउँदैनन्, त्यसकारण पनि अभियानलाई प्रभावकारी बनाउन प्रहरी लागि परेको हो, बोगटीले भने।

मुस्कान सहीतको सेवा, बस्ती भेटघाट जस्ता लोकप्रीय कामले केही राहत मिलेपनि अझै गर्न बाँकी रहेको बोगटीको भनाई छ। प्रहरीले गैर सरकारी निकायसँगको सहकार्य गर्दै अभियानलाई गाउँ स्तरमा लिने कार्य गरिरहेको छ । साझा र सकारात्मक अभियानमा सबैको सहकार्य र सहयोग हुनु पर्ने हुँदा सबै निकाय र क्षेत्रलाई साथमा लिएर जाने गरेको प्रनाउ बोगटीले भने।

 

प्रकाशित: १० भाद्र २०७३ १२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App