coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रतिपक्ष दलको नेता नहुदाँ प्रदेशसभाको काम प्रभावित

धनगढी –प्रदेश शभा ७ मा प्रदेशसभा गठन भएको करिब ३ महिना हुन लाग्दा पनि प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको नेताचयन गर्न सकेको छैन । संसदमा प्रतिपक्ष दलको नेता चयन नहुदाँ संसदका काम कारवाही प्रभावित भएका छन्।

 प्रतिपक्ष दलको नेता नचुनिएका कारण संसद् सचिवालय संचालन तथा व्यवस्थापन समितीको बैठक अहिलेसम्म बस्न सकेको छैन । चारवटा विषयगत समितिको सभापति चुनिएका छैनन् । कर्मचारी, प्रदेशसभा सदस्यको सेवा, सुविधा, वृत्ति विकासलगायतका काम प्रभावित भएका छन् । प्रदेशसभाका सभामुख अर्जुन थापाले नेपाली कांग्रेसलाई संसदीय दलको नेताको नाम पठाउन धेरै पटक आग्रह गरिसकेको बताए।

प्रतिपक्ष दलको नेता नहुँदा संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति अधुरो रहेको उनले बताए।  लेखा समितिका अध्यक्ष प्रतिपक्ष दलको नेता हुने चलन छ । सवै समितिको एकैपटक पदाधिकारी चयन गर्ने भनी पर्खिएका कारण अन्य समितीको पनि वाँकी रहेको छ ।संसदीय दलको नेता चयन नहुँदा प्रतिपक्षको सचेतकलगायतका पनि बाँकी रहेको काग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य डिल्लीराज पन्तले बताए।
संसदीय दलको नेतामा ३ जनाको दौड
१२ जना प्रदेशसभा सदस्य रहेको नेपाली कांग्रेसमासंसदिय दलका नेताको लागि मुख्य दौड ३ जनाबीच देखिएको छ । डोटीका प्रदेशसभा सदस्य भरत खड्का, डडेल्धुराका कर्ण मल्ल, कैलाली क्षेत्र नम्बर १ का डा. रणबहादुर रावल प्रतिस्पर्धामा छन्।

खड्का राम्रचन्द्र पौडेल खेमाका हुन् भने मल्ल र रावल देउवाका पक्षधर हुन् । यसअघि संविधानसभा सदस्य भइसकेका खड्का अनुभवी र परिपक्व नेताका रूपमा चिनिन्छन् । डा. रावल भद्र र मिलनसार नेता मानिन्छन् । यसैगरी कर्णमल्ल राजनीतीक चतु¥याइँ भएका युवा नेता मानिन्छन्।

 

 

प्रकाशित: ५ वैशाख २०७५ ०२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App