coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आइपीएल : मुम्बईद्वारा बेंग्लोरसामु २१४ रनको लक्ष्य प्रस्तुत

मुम्बई– भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले विराट कोहलीको रोयल च्यालेन्जर्स बेंग्लोरसामु २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

घरेलु मैदान वानखेडेमा टस हारेर व्याटिङ्गको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रन बनायो। पहिलो ओभरमै २ विकेट गुमाएर दबाबमा परेको मुम्बईको स्कोर कप्तान रोहित शर्मा र एभिन लुइसले उकासे। लुइस ६५ रनमा समेटिदा कप्तान रोहितले ९४ रन बनाए। ४२ बलमा ६ चौका र ५ छक्का प्रहार गरेका लुइस कोरे एण्डर्सनको बलमा आउट भए। ५२ बल खेलेका रोहितले १० चौका र ५ छक्कासहित ९४ रन जाेडे। 

क्रुनल पाण्डेले १२ बलमा १ चौका र १ छक्कासहित १५ रन बनाउँदा केरन पोलार्ड ५ रनमा आउट भए। ओपनरद्वय सूर्यकुमार यादव र  इसन किसन शून्यमा आउट भए। अन्तिमतिरको १८ औं ओभरमा व्याटिङ्गमा आएका हार्दिक पाण्डेले ५ बलमा १ चाैका २ छक्कासहित नटआउट १७ रन जोडे।

बलिङतर्फ कोरे एण्डर्सन र उमेश यादवले २–२ विकेट लिए भने क्रिश वक्सले १ विकेट लिए। 

प्रकाशित: ४ वैशाख २०७५ १६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App