coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रौतहटमा महिलाको शंकास्पद मृत्यु

रौतहट– रौतहटमा मंगलबार एक बालिका र एक महिलाको छुट्टाछुट्टै घटनामा मृत्यु भएको छ। रौतहटको कटहरिया नगरपालिकामा महिलाको शव फेला परेको छ भने करेन्ट लागेर बालिकाको मृत्यु भएको छ।

कटहरिया नगरपालिका १ हर्षाहा टोलका मुकेश चौरसियाकी २३ वर्षीया पत्नी सीमादेवी चौरसिया मंगलवार बिहान गाउँभन्दा केही पर खेतमा भेटिएपछि गाउँभरि खैलाबैला मच्चिएको थियो। आफ्नो घरभन्दा करिब दुई सय मिटर खेतमा उत्तानो परेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय गरुडाले शवलाई नियन्त्रणमा लिएर पोस्टमार्टमको लागि जिल्ला अस्पताल पु-याएको छ।पोस्टमार्टमपछि शवलाई अस्पतालले परिवारको जिम्मा लगाइसकेको छ। महिलाको मृत्यु शंकास्पद रहेकोले अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीषक गोविन्द थापाले जानकारी दिए।

मृतकका श्रीमान् मुकेश चौरसिया रोजगारीको क्रममा मलेसियामा रहेका छन्। ४ महिना पहिले नै उनी मलेसिया गएको पारिवारिक स्रोतको भनाई छ। मृतक महिलाको घरमा सासु र एकजना दृष्टिविहीन ससुराबाहेक कोही पनि नरहेकोले घटना शंकास्पद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यसैबीच यमुनामाई गाउँपालिकाको भेडियाहीमा मंगलबारै करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ। रौतहटको यमुनामाई गाउँपालिका वडा नम्वर २ भेडियाही टोल बस्ने उमेश यादवको १० बर्षिया छोरी उषाकुमारी यादव घरमा खेलिरहेको अवस्थामा दिउँसो ४ बजेको समयमा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएकी थिइन। तत्कालै उनलाई उपचारको लागि गौरतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको जिल्ला जनाएको छ।

मृतक बालिकाको शव जिल्ला अस्पताल गौरमा पोष्टमार्टम गरेर शतगतको लागि परिवारजनको जिम्मामा लगाएको डिएसपी रामकुमार दानीले बताए ।

प्रकाशित: ४ वैशाख २०७५ १५:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App