coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कालोबजारीलाई डिजेल विक्री गर्ने सञ्चालक पक्राउ

इटहरी– कालोबजारी गर्नेलाई डिजेल विक्री गरेको आरोपमा सुनसरीको दक्षिणवर्ती क्षेत्रमा सञ्चालित एक पेट्रोल पम्पका सञ्चालक पक्राउ परेका छन्। प्रहरीले देवानगञ्ज वडा नं. २ मा सञ्चालित गुप्ता आयल टे«डर्सका सञ्चालक अशोक गुप्तालाई सोमबार पक्राउ गरेको हो। 

जिल्लाको दक्षिणवर्ती क्षेत्रमा सञ्चालित पेट्रोल पम्पबाट कालो बजारी गर्ने समूहले इन्धन खरीद गरि भारततर्फ चोरी–निकासी हुने गरेकाले किसानले समस्या भोग्दै आएको बेला गुप्ता पक्राउ परेका हुन्। 

पेट्रोल पम्प सञ्चालक गुप्ताले भारततर्फ चोरी निकासी गरी लैजानेलाई ८७ रुपैयाँ प्रतिलिटर डिजेल दिने गरेकोमा विलमा प्रतिलिटर ८४.२० पैसामा विक्री गरेको देखाइएको पाइएको छ। जति लगेपनि दस लिटर मात्र विक्री गरेको बिलमा उल्लेख गरेको पाइएको छ। गुप्ताले कालोबजारी गर्ने गरेको जनाउँदै प्रहरीले मुद्दा दर्ता गरिसकेको निम्ति प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद चिमरियाले बताए। 

खुल्ला सीमनाका कारण नेपालबाट चोरी–निकासी गरेको डिजेल भारतमा महंगो मूल्यमा विक्री हुने हुँदा नेपाली किसानलाई नदिएर पेट्रोल पम्प सञ्चालकले सेटिङ्मा व्यापारीलाई दिने गरेका गुनासोका आधारमा प्रहरीले सुक्ष्म निगरानी थालेको थियो। 
स्थानीयले स्थानीय प्रहरी प्रशासनसमक्ष हरेक दिन आयल निगमबाट तेल आउने गरेपनि रातभरमा सकिने गरेको गुनासो गदैं आएका थिए। 

जिल्लाको दक्षिणी क्षेत्र बर्जु, देवानगन्ज र हरिनगरमा चारवटा पेट्रोल पम्प छन्। यी स्थानमध्ये देवानगन्जमा गुप्ता र भगत पेट्रोल पम्प सञ्चालनमा छ। यस्तै, हरिनगरको भूटाहामा सुनसरी ट्रेड कन्र्सन र बर्जु गाउँपालिकामा गोयल पेट्रोल पम्प सञ्चालनमा छ। चारवटैबाट किसानले सहज ढंगले दुई महिनाअघि देखि नै डिजेल नपाएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। 

डिजेलसँगै अन्य इन्धन किसानलाईं सहज ढंगले उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय सुनसरीले दुई महिनाअघि नै चारवटै पेट्रोल पम्प सञ्चालकलाई पत्राचार गरेपनि अटेर गदैं आएका थिए। 

प्रकाशित: ४ वैशाख २०७५ १४:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App